site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकारसँगको वार्तापछि अष्ट्रेलियामा फेसबुकले न्युज पेज पुनःस्थापित गर्दै 
Ghorahi CementGhorahi Cement

बीबीसी । फेसबुकले अष्ट्रेलियाका प्रयोगकर्ताहरुका लागि सबै न्युज साइट अब फेरि पुनःस्थापित गराउने घोषणा गरेको छ ।

अष्ट्रेलिया सरकारले यसअघि गुगल र फेसबुकलाई प्रकाशकहरुको सामग्री प्रयोग गरेवापत् भुक्तानी गर्नुपर्नेसम्बन्धी नियम ल्याएपछि यसको प्रतिक्रियामा फेसबुकले अष्ट्रेलियनहरुलाई न्युज हेर्न र सेयर गर्न नमिल्ने बनाइदिएको थियो । अष्ट्रेलियन 'ट्रेजरर' जोस फ्रान्यडनबर्गले आगामी दिनमा फेसबुकले सबै न्युज पेजहरु पुनःस्थापित गराउने बताएका हुन् ।

Agni Group

मंगलबार आफ्नो बयानमा उनले यसअघि प्रस्ताव गरिएको कानुन सुधार गरिने बताएका छन् । सरकारले यसमार्फत प्राविधिक कम्पनी र न्युज संगठनहरुबीच न्ययापूर्ण कारोबार स्थापित गराउने लक्ष्य रहेको बताउँदै आएको छ र यसले समाचार सामग्रीको मूल्य पनि निर्धारित गराउने बताइएको छ ।

अष्ट्रेलियामा प्रस्तावित यो कानुन विश्वव्यापी रूपमै परीक्षण गर्न सकिने सम्भाव्यता बोकेको थियो । जसको प्राविधिक कम्पनीहरुले चाहिँ कडा रूपमा विरोध गरेका थिए । तर, मंगलबार भने फेसबुकले सरकारसँग हालै गरिएको वार्तापछि आफूहरु सबै ठिक हुनेमा विश्वस्त रहेको बताएको हो ।

Global Ime bank

फेसबुकस्थित न्युज पार्टनरसीपका उपाध्यक्ष क्याम्पबेल ब्राउनका अनुसार फेसबुकसँग आफ्नै ‘शोकेस’ रहेको छ, जसमार्फत यसले मिडिया संगठनहरुलाई आफ्नो प्लेटफर्ममा तिनका पोस्टहरु प्रदर्शन गरेवापत् भर्पाइ गर्दछ । तर, अष्ट्रेलियाको नियममा चाहिँ न्युजका लिंकहरु पोस्ट गर्न र सेयर गर्न भुक्तान नै गर्नपर्ने आवश्यकता रहेको बताइएको थियो ।

फेसबुकले यसअघि प्रतिबन्ध लगाएका न्युज साइटहरुमा १०० वटा सरकारका सूचनाप्रदायक साइट र आपत्कालीन पेजहरु पनि थिए । जसबारे फेसबुकले अप्रत्याशित गल्तीका कारण ती पेजहरु प्रभावित भएको बताएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC