site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल इन्फ्रास्टक्चर बैंकको सेयरमा आठौँ दिनमा आएर नेगेटिभ सर्किट
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेप्सेमा सूचीकरणपछि लगातार सकारात्मक सर्किट लाग्दै आएको नेपाल इन्फ्रास्टक्चर बैंकको सेयरमा पहिलो बुल सकिएको छ ।

सूचीकृत भएसँगै गत साता पाँच दिन र यो साता पनि हिजोसम्म सकारात्मक सर्किट लागेको कम्पनीको सेयर मूल्य आज भने सुरुवाती समयमा सकारात्मक सर्किट लागेर २० मिनेटमै नकारात्मक सर्किट लागेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीको सेयर सूचीकरण भएर ३४० रुपैयाँमा ओपनिङ कारोबार भएपछि लगातार सात दिन र आज आठौँ दिन पनि पनि सुरुवाती समयमा सकारत्मक सर्किट लागे पनि केहीबेरमा नै नकारात्मक सर्किट लाग्न पुगेको हो ।

Global Ime bank

सोमबार ६६० रुपैयाँमा बन्द भएको कम्पनीको सेयर मूल्य सुरुवाती समयमा १० प्रतिशतले बढेर ७२६ रुपैयाँसम्म पुगे पनि लगत्तै कम्पनीमा एक्कासि बढेको बिक्री चापले गर्दा  १० प्रतिशतले सेयर मूल्य घटेर ५९४ रुपैयाँमा झरेको छ । मंगलबार मध्याह्न (१२ बजेर ८ मिनेट जाँदा यो समाचार तयार पार्दै गर्दा)सम्म कम्पनीको ९ लाख  ५४ हजार ४७१ कित्ता सेयर किनबेच हुँदा ६४ करोड ४० लाख ६० हजारको कारोबार भइसकेको छ ।  कम्पनीको नकारात्मक सर्किट मूल्य ५९४ रुपैयाँमा ५ लाख ७६ हजार कित्ताभन्दा बढी बिक्री अर्डर रहेको छ भने खरिद अर्डर शून्य रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC