site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
बिमा समितिमा नयाँ नेतृत्वसँगै पुनर्बिमा कम्पनी खोल्न लबिङ तीव्र 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिमा समितिमा नयाँ अध्यक्ष आएसँगै पुनर्बिमा कम्पनीको लाइसेन्स पाउने आशामा आकांक्षीहरुको पनि जोड–घटाउ सुरु भएको छ ।

समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्ययन गरेर आवश्यकता हेरी प्रतिस्पर्धात्मक बजारका लागि नयाँ पुनर्बिमा कम्पनीको लाइसेन्स दिन सक्ने संकेत गरेसँगै नयाँ कम्पनी खोल्ने आकांक्षीहरुको चहलपहल सुरु भएको हो । प्रस्तावित काठमाडौं रि–इन्स्योरेन्स लिमिटेड नामसहित एक समूहले कम्पनी दर्ताको लागि बिमा समितिको प्रारम्भिक स्वीकृति लिन बिमा समितिमा दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।

२० अर्ब अधिकृत पुँजी, १० अर्ब जारी पुँजी र तत्कालको लागि ७ अर्ब चुक्ता पुँजीसहित कम्पनीले बिमा समितिमा दर्ता गर्ने तयारी गरेको छ । बिमा समितिकै पूर्वअध्यक्ष देवेन्द्रप्रताप शाह, नेपाल पुनर्बिमा कम्पनीका पूर्वअध्यक्ष महेश गुरागाईं, महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको नेतृत्वमा काठमाडौं रि नामक नयाँ पुनर्बिमा कम्पनी दर्ता प्रक्रिया अगाडि बढेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

संस्थापक र सर्वसाधारण सेयर अनुपात ७०ः३० प्रतिशत रहने तथा ७० प्रतिशत संस्थापक सेयरमध्ये २० प्रतिशत विदेशी साझेदार वा पुनर्बिमा कम्पनीलाई दिने गरी नयाँ पुनर्बिमा कम्पनी दर्ता प्रक्रिया सुरु गरेको कम्पनी दर्ता प्रक्रियाका संयोजक रमेशकुमार भट्टराईले बताए । विदेशी साझेदार वा पुनर्बिमा कम्पनीलाई काठमाडौं रिमा लगानीको लागि पत्राचार भइसकेको र एक कम्पनी लगानी गर्न इच्छुक पनि रहेको भट्टराइले बाह्रखरीलाई बताए ।

पुनर्बिमा भनेको प्राविधिक विषय भएकोले उक्त क्षेत्रमा अुभव भएका र विदेशी साझोदारसहितको अनुभवी समूहले मिलेर नयाँ पुनर्बिमा कम्पनी खोल्ने प्रस्ताव गरिएको भट्टराई बताउँछन् । उक्त क्षेत्रमा दख्खल राख्ने समूहले लाइसेन्स पाए व्यवसायिकताका साथै विदेशबाट व्यवसायसमेत ल्याउन सक्ने उनको दाबी छ ।

Global Ime bank

यसअघि नै गैरआवसीय नेपाली र नेपालकै व्यावसायिक घरानासमेतका एक समूहले अन्नपूर्ण रि–इन्स्योरेन्स कम्पनी स्थापना गर्ने भन्दै प्रक्रिया अगाडि बढाएको छ । १० अर्ब लगानीमा स्थापना गर्ने भनिएको उक्त कम्पनीमा ७ अर्ब ५० करोड संस्थापक सेयर र २ अर्ब ५० करोडको सर्वसाधारण सेयर अर्थात संस्थापक र सर्वसाधारण सेयर संरचना ७५ः२५ प्रतिशत प्रस्ताव गरिएको छ ।

उक्त कम्पनीमा नेपाल सरकारले १ अर्ब, जीवन र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब, बीमा कम्पनीका प्रवद्र्धकहरुले १ अर्ब, बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब व्यावसायिक घरानाले २ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ ।

अन्नपूर्ण रि–इन्स्योरेन्स खोल्नको लागि गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तो, उनका भाइ डा. वीरेन्द्र महतो, शंकर ग्रुपका कार्यकारी अध्यक्ष शाहिल अग्रवाल, एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलमेन्ट कम्पनीलगायतका समूह सक्रिय रहेका छन् ।

यसबाहेक अर्को एक व्यवसायीहरुको समूह पनि नयाँ पुनर्बिमा कम्पनी स्थापनाको लागि सक्रिय छ । पुनर्बिमा कम्पनी स्थापनाको लागि पहिले बिमा समितिको पूवस्वीकृति लिएर मात्रै कम्पनी दर्ता गर्न सकिन भएकोले प्रारम्भिक स्वीकृतिको लागि पहिले समितिमा फाइल पेस गर्नुपर्ने हुन्छ । यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडाले पनि आवश्यकता हेरेर एउटा पुनर्बिमा कम्पनी थप गर्नसक्ने संकेत गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC