काठमाडौं । च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज (मंगलबार) राति स्पेनिस क्लब एट्लेटिको मड्रिडले इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्दै छ ।
एट्लेटिकोको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार राति १ः४५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्दै पहिलो लेगमा आफूलाई बलियो बनाउने योजनामा हुनेछन् ।
स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको एट्लेटिको चेल्सीविरुद्ध धेरै अंकको अग्रता बनाउने योजनामा छ । ला लिगामा आफूलाई बलियो बनाएको एट्लेटिको च्याम्पियन्स लिगमा पनि सोही योजनामा छ ।
चेल्सी पनि आजको खेलमा जित निकाल्ने योजनामा हुनेछ । पछिल्लो समय प्रिमियर लिगमा बलियो बनेको चेल्सी आजको खेलमा अग्रता बनाउने योजनमा छ । एट्लेटिकोको घरेलु मैदानमा अग्रता लिन सकेमा चेल्सीलाई आफ्नो घरेलु मैदानमा सहज हुनेछ ।