site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओली नेतृत्वको नेकपाले नै सूर्य चुनाव चिह्न पाउँछ : पोखरेल 
Ghorahi CementGhorahi Cement

चितवन । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले अहिलेको अवस्थामा ताजा जनादेशमा जाने विषय असंवैधानिक र अलोकतान्त्रिक नहुने बताएका छन् ।

प्रेस संगठन नेपाल, चितवन शाखाले मंगलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले ताजा जनादेशमा जानु नै उपयुक्त विकल्प भएको बताएका हुन् ।

Agni Group

“वैशाख १७ र २७ गते निर्वाचन हुँदै छ, यो निर्वाचन ताजा जनादेशका लागि हुँदै छ,’’ उनले भने, ‘‘ताजा जनादेशमा जानु हामी सबैको हितमा हुन्छ । यसले नेपाली जनताले आफूले इच्छाएको पार्टी र प्रतिनिधिलाई मतदान गरेर विजयी बनाउने अवसर आएको छ ।’’

उनले थपे, “ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन्छ ? चुनाव टार्ने, चुनाव हुन नदिने कोसिसहरुलाई पो त्यसरी भन्न सकिन्छ ।’’ उनले चुनावमा सबै दल सहभागी हुने पनि बताए ।

Global Ime bank

राजनीतिक स्थिरताका लागि नै ताजा जनादेशमा जाने निर्णय भएको उनको भनाइ छ  । राजनीतिक स्थायित्व र विकासका लागि नै हिजोको दिनमा पार्टी एकता गरिएको भएता पनि देशमा  पुनः संकट आइपरेकोले अहिले ताजा निर्वाचन नै विकल्प रहेको उनले बताए । उनले चुनावका लागि निर्वाचन आयोग र सुरक्षा निकायहरुले पनि तयारी गरिरहेको उल्लेख गरे ।

उनले ओली नेतृत्वको नेकपाले नै सूर्य चुनाव चिह्न पाउने दाबी गरे । ‘निर्वाचन आयोगले सूर्य चुनाव चिह्न खारेज गर्ने कुरा छ नि ?’ भन्ने पत्रकारको प्रश्नमा उनले भने, “केपी ओलीले नेतृत्व गरेको नेकपाले नपाएर अरुले सूर्य चिह्न पाउँछन् भनेर हामी विश्वास गर्दनौँ ।’’

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC