बाह्रखरी
sticky  ncell
British college
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
युभेन्ट्सको जितमा रोनाल्डोको दुई गोल 
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, फागुन ११, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३–० ले हरायो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । वेस्टन म्याकेनीले एक गोल थपे । खेलको ३८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्ट्सले २–० को अग्रता बनायो । रोनाल्डो लगातार १४ सिजन २५ भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।

६६औँ मिनेटमा वेस्टनले गोल गर्दै युभेन्ट्सलाई ३–० को जित दिलाए । जितसँगै युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले २२ खेलबाट ४५ अंक जोडेको छ । क्रोटोन १२ अंकसहित पुछारमा छ ।

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्