बाह्रखरी
sticky  ncell
British college
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मुख्यमन्त्री कार्यालयअगाडि बादी समुदायको रात्रिकालीन धर्ना
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, फागुन ११, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि दैलेखका बादी समुदायले रात्रिकालीन धर्ना दिएका छन् ।

प्रदेश सरकारसँग व्यवस्थित बसोबासको माग गर्दै उनीहरु सोमबार बेलुकी ७ः०० बजेदेखि रातभरि मुख्यमन्त्री कार्यालयअगाडि धर्ना बसेका हुन् । आइतबार दैलेखबाट पैदल हिँडेर सोमबार बेलुकी सुर्खेत पुगेका उनीहरु राति मुख्यमन्त्री कार्यालयअगाडिको खुला चौरमा धर्नामा बसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

Global bank

Agani Group

‘‘करिब ८०/९० को संख्यामा रहेका उनीहरु खुला चौरमा बसेकाले प्रहरीले सुरक्षा दिएको छ,’’ उनले भने, ‘‘उनीहरुले गाँस, बास र कपासको माग गर्न प्रदेश सरकारसँग आएको बताएका छन् ।’’

दुल्लु नगरपालिका–१, दैलेखका हिक्मत बादीले भारी बोक्दै र माछा मार्दै चलाइएको जीविका गाह्रो हुँदै गएको र जमिन पनि नभएकाले तिनको व्यवस्थाका लागि सरकारसँग माग गर्न आएको बताए । उनले भने, ‘‘हामीलाई नदी किनारामा बालुवा निकाल्न बन्देज लगाइयो । जीवन चलाउन कठिन भयो । कोरोना महामारीले झन् ठूलो संकट बनाउँदा अन्ततः शरीर नै  बेच्नुपर्ने बाध्यता आइलागेका कारण हामीलाई गाँस, बास मिलाइदेओस् भनी प्रदेश सरकारको शरणमा आएका छौँ ।’’ माग पूरा नभएसम्म जिल्ला नफर्कने बादीले बताए ।

sarbottam cement

उनीहरुले प्रदेश सरकारसँग सुरक्षित आवास र खेतीपाती गर्ने जमिनको माग गर्ने बताएका छन् । उनीहरुका साथमा साना बालबालिकासँगै वृद्धवृद्धासमेत रहेका छन् । दैलेखमा ११२ घरधुरीमा ४०२ जनसंख्या बादी समुदायको रहेको बताइएको छ । रासस

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्