बाह्रखरी
sticky  ncell
Samsung
Daraz
Samsung
Daraz
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रतिलिपि अधिकार र रोयल्टीको फाइल खोल्न मन्त्री ढकाललाई स्रष्टाको आग्रह मन्त्रीले भने– मैले प्रष्ट बुझेँ, अब कार्यान्वयन हुन्छ 
Godraj nepal
Godraj nepal
बाह्रखरी - मंगलबार, फागुन ११, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । गायक तथा संगीतकारहरुले नेपाली संगीतलाई राजस्वको दायरामा समेट्न आग्रह गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालसमक्ष स्रस्टाहरुले गीतसंगीतबाट वार्षिक करोडौं राजस्व उठ्नेभन्दै यसलाई उद्योगको मान्यता दिँदै राजस्व संकलन गर्न आग्रह गरेका हुन् ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा संगीतकार लक्ष्मण शेषले सांगीतिक क्षेत्रमा वार्षिक अरबौंको कारोबार हुने गरेको भन्दै यसलाई राजस्वको दायराभित्र समेट्न सके सरकारले करोडौं रुपैयाँ राजस्व संकलन गर्न सक्ने बताए । 

Agani Group

सरकारले सांगीतिक क्षेत्रबाट तथ्यांकसहित राजस्व संकलन गरे नेपाली गीतसंगीत कहाँ कति कारोबार भइरहेको छ भन्ने आधिकारिक आंकडा आउने र रोयल्टी संकलनमा पनि सहज हुन उनको विश्वास छ ।  

केही सीमित म्युजिक एग्रिगेटरहरुको ‘कब्जा’मा नेपाली संगीतको कारोबार विश्वभर भइरहेको तर त्यसको लाभ वास्तविक स्रस्टाले पाउन नसकेको उनको भनाइ छ । चलचित्रका गीतको पनि ठूलो मात्रामा व्यापार भइरहेको भन्दै यसतर्फ सचेत हुन उनले चलचित्र निर्माताहरुसँग आग्रह गरे ।

sarbottam cement

नयाँ प्रविधिलाई संबोधन गर्नेगरी नयाँ कानुनको आवश्यकता रहेको पनि उनले बताएका छन् । स्रष्टाले रोयल्टी पाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीसहित तत्कालीन संस्कृति मन्त्रीलाई पनि पटकपटक झक्झक्याइसकेको भन्दै उनले मन्त्रालयमा रहेको फाइल खोल्न संस्कृति मन्त्री ढकालसँग आग्रह गरे ।

जवाफमा मन्त्री ढाकालले आफू प्रतिलिपि अधिकार र रोयल्टीबारे प्रष्ट भएकोभन्दै सरकारले कार्यान्वयन गर्ने बताए । यसअगाडिका विभागीय मन्त्रीहरुले चासो नदेखाए पनि स्रष्टाको न्यायका लागि आफू तयार रहेको भन्दै कलाकारहरुलाई उनीहरुको सिर्जनामो मुल्य पाउने वातावरण बनाउने प्रतिबद्धता जनाए । 

फाइल तस्बिर

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्