बाह्रखरी
sticky  ncell
British college
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नेकपा आधिकारिकता विवाद के हुन्छ ? आयोग भन्छ- यही साताभित्रै निर्णय गर्छौं 
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, फागुन १०, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

काठमाडौं । सडकमै पोखिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादबारे के भइरहेको छ ?   निर्वाचन आयोगका पदाधिकारीहरुलाई प्राय: आउने प्रश्न हो यो । र निर्वाचन आयोगका पदाधिकारीहरुको जवाफ- अध्ययन हुँदै छ ।

नेकपा प्रचण्ड-माधव नेपाल समूहले माघ २० गते आधिकारिकता दाबी गरेको थियो । तर, २० दिन बितिसकेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका पनि आयोगले विवाद अध्ययन गरिरहेको जवाफ दिए । निर्वाचन आयोगले विवाद निरुपणका लागि अझै प्रक्रिया अघि बढाएको छैन् । आयोगले यसअघि नेकपा विभाजन नभएको भन्दै साबिकै कमिटीलाई निर्णय दिएको थियो ।

अब, विवाद प्रक्रियामा अघि बढ्ने वा नबढ्ने भन्ने निर्णय गर्न नै यो साता लाग्ने आयोग स्रोतको दाबी छ । आयोगले निर्वाचनका लागि आचारसंहिता र नेकपा विवादबारे प्याकेजमा निर्णय गर्ने तयारी गरेको छ ।

Global bank

Agani Group

"आचारसंहिता र विवाद र दल दर्ताको निर्णय एकै प्याकेजमा गर्ने तयारी गरिरहेका छौं । नेकपा विवाद अध्ययन हुँदै छ । आचारसंहिताबारे केही निर्णय पनि गरेका छौं । यो साताभित्र निर्णय हुन्छ," आयोगका उच्च अधिकारी जिकिर गर्छन् । 

अदातलतको फैसलापछि मात्रै निर्णय 
आयोगले नेकपा विवादको निर्णय गर्न संसद् विघटनविरुद्धको मुद्दाको अदालतको फैसला कुरेको आरोप लाग्न थालेको छ । नेकपा प्रचण्ड-नेपाल समूहका एक नेता आयोग आफ्नै कारण चक्रव्यूहमा फसेकाले अदतलतको फैसला कुरिरहेको जिकिर गर्छन् ।

sarbottam cement

"राष्ट्रलाई बन्धक बनाउन खोजिरहेका बेला कानुन र संविधानलाई मिच्न सबै उद्धत हुन्छन् । आयोग आफैंले नियमअनुसार पहिले नै निर्णय गरेन । आयोग आफ्नै चक्रव्यूहमा फसिसकेको छ । उसले अदालतको फैसला कुर्नुपर्ने होइन् । तर अब, आयोगले अदालतको फैसला नगरी निर्णय गर्ने देखिँदैन," ती नेताको दाबी छ ।

अदालतको फैसलाका कारण पनि निर्वाचन कार्यतालिका र विवादबारे निर्णय गर्न अलमल भएको आयोगका आयुक्तहरु स्वीकार गर्छन् । "अदालतको फैसलाले स्वभावैले असर गर्छ नि । अदालतले संसद् पुन:स्थापना गर्न पनि सक्छ । निर्वाचनको तयारीमा अहिलेसम्म त खर्च भएको छैन । मतदानस्थल, केन्द्रको अध्ययन, मतदाता नामावली अपडेट त गर्नैपर्थ्यो," ती आयुक्तले भने, "संसद् पुन:स्थापना भए निर्वाचनका लागि गरिएका खर्च व्यर्थ हुन्छ । त्यसले गर्दा हामी आन्तरिक काम गरिरहेका छौं । बाह्य देखिने काम भएको छैन । अदालतको फैसलाले काम गर्न रोकेको त छैन । तर, अलमल बनाएकै छ ।"

अदालतबाट अबको केही दिनमै फैसला आउने स्रोतको दाबी छ । अदालतको फैसला आएपछि संसद् पुन:स्थापना भएमा नेकपा विवाद टुंग्याउन हतारो गर्नु नपर्ने र निर्णय गर्न सहज हुने चर्चा आयोगमा छ । त्यसो त नेकपाको दुवै पक्षले आयोगमा दबाब बढाएका छन् । सत्तारुढ दलको विवाद भएकाले निरुपणमा ढिलाइ भएको र अदालतको फैसलाले निर्णय गर्न सहज हुने आयोगका एक अधिकारीले जिकिर गरे ।

त्यस्तै एक पूर्वप्रमुख निर्वाचन आयुक्त पनि निर्वाचन र नेकपा विवादबारे अदालतको फैसलामा नै निर्भर हुने बताउँछन् । "सबै विषय अदालतसँग जोडिएको छ । अदालतको फैसलाले निर्वाचन र नेकपा विवादको निर्णय हुने देखिन्छ । अहिले यत्ति भनौं," ती पूर्वप्रमुख निर्वाचन आयुक्त दाबी गर्छन् ।

तर, प्रमुख निर्वाचन आयुक्त थपलियाले भने नेकपा विवाद निरुपणमा अदालतको निर्णय पर्खने कुराको खण्डन गरे । 
"अदालतले हामीलाई निरन्तर काम गर्दा हुन्छ भनिसकेको छ । हामीले काम गरिरहेका छौं । नेकपा विवाद अध्ययन भइरहेको छ," थपलिया भन्छन् । 

Nepal Investment bank
Nepal Investment bank
सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्