site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सेनाले भोगचलन गरिरहेको जमिन सर्वोच्चलाई दिने तयारी, प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच छलफल
Ghorahi CementGhorahi Cement

काठमाडौँ । सेनाले भोगचलन गरिरहेको जमिन अदालतलाई दिने विषयमा प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच छलफल भएको छ । जमिनकै विषयमा छलफल गर्न प्रधानसेनापति पूर्णचन्द्र थापा आज (सोमबार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा भेट्न सर्वोच्च अदालत पुगेका छन् ।

सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार प्रधानसेनापति थापाले प्रधानन्यायाधीश राणालाई सर्वोच्चले प्राप्त गर्ने सेना मातहत रहेको जमिन हस्तान्तरणका विषयमा छलफल केन्द्रित थियो । सेनाले भोगचलन गरिरहेको ३७ रोपनीमध्ये ९ रोपनी जमिन सर्वोच्चलाई दिने तयारी भएको हो । 

Agni Group

सर्वोच्च अदालत भवनको पछाडि रहेको सेनाको घोडचढी पल्टनले भोगचलन गरिरहेको जमिन सर्वोच्चलाई दिनका लागि थापा र राणाबीच समन्वयात्मक भेट भएको प्रवक्ता पौडेलले जनाए ।

यस्तै सर्वोच्च अदालतका सह-प्रवक्ता देवेन्द्र ढकालले पनि प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेट भएको पुष्टि गरेका छन् । उनले सर्वोच्चको मूल भवन निर्माणका सन्दर्भमा छलफल भएको जिकिर गरे । करिब ४५ मिनेट भएको छलफलमा ठाउँ खाली गर्ने सन्दर्भमा के कसरी गर्ने भन्ने विषयमा कुराकानी भएको उनले बाह्रखरीलाई जानकारी दिए ।

Global Ime bank

सरकारको जमिन भए पनि सेनाले भोगचलन गर्दै आएको थियो । सोही जमिन सरकारले पुन: सर्वोच्चलाई दिने निर्णय गरेको थियो । सरकारको सोही निर्णयअनुसार सर्वोच्चले सेनाबाट जमिन प्राप्तिको तयारी गरेको हो । सेनाले भोगचलन गरिरहेको जमिनमा बनेका भवन खाली गर्नुपर्ने विषयमा पनि थापा र राणाबीच छलफल भएको सह-प्रवक्ता ढकालले जनाए । 

अहिले राष्ट्रिय अभिलेखालय रहेको जमिन पहिले सर्वोच्चकै थियो । तर अभिलेखालयका सामान तत्काल सार्न कठिनाइ हुने भएकाले त्यो जमिन अभिलेखालयलाई नै दिइएको थियो । अभिलेखालयले भोगचलन गरेको जमिन बराबरको क्षेत्रफल सरकारले सेनाको घोडचढी पल्टन रहेको दिने निर्णय गरेको थियो । अहिले सर्वोच्चको भवन निर्माणको क्रममा छ । 

अहिलेको राजनीतिक गतिविधिका कारण प्रधानन्यायाधीश राणा र प्रधानसेनापति थापाबीचको भेटले राजनीतिक वृत्तमा भने तरंग ल्याएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC