site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड–नेपाल समूहको पद बाँडफाँड : काठमाडौं जिल्लामा वसन्त, वीरगन्ज महानगरमा रहबर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधवकुमार नेपाल समूहले ६८ जिल्लाको नेतृत्व टुङ्ग्याएको छ । पार्टी विभाजनपछि रिक्त पदपूर्ति गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा कार्यदल बनेको थियो ।

कार्यदलले ६८ जिल्लामा भागबन्डा मिलाएको हो । आइतबार मात्रै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ५०–५० प्रतिशतका आधारमा भागबन्डा मिलाउने सहमति गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

आज सार्वजनिक गरिएको सूचीमा काठमाडौं जिल्लाको अध्यक्षमा माधव नेपाल समूहका वसन्त मानन्धर चयन भएका छन् । सचिवमा पूर्वमाओवादी केन्द्र समूहका हिमाल शर्मा चयन भएका छन् । शर्मा यसअघि पनि सचिवकै जिम्मेवारीमा थिए । अध्यक्ष कृष्ण राई ओली समूहमा लागेपछि त्यस ठाउँमा वसन्त मानन्धरलाई ल्याइएको हो । मानन्धर प्रदेश सांसद पनि हुन् । उनी एमाले-माले विभाजन हुँदा मालेतिर लागेका थिए ।

यसैगरी वीरगन्ज महानगरको अध्यक्षमा रहबर अन्सारी नियुक्त भएका छन् । उनी यसअघि माओवादी केन्द्रका तर्फबाट वीरगन्ज महानगरको मेयरमा पनि उमेदवार बनेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC