site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

देशमा सत्ताको चरम दुरुपयोग भइरहेको छ । प्रधानमन्त्री भएलगत्तै देखि खड्गप्रसाद शर्मा ओलीले लोकतन्त्रका मूल्य मान्यतामा त आक्रमण गरेकै थिए पछिल्ला दिनहरुमा शासकीय विधि र प्रक्रिया पनि भताभुङ्ग बनाउन थालेका छन् ।

विडम्बना, संविधानको रक्षा र पालनाको खायित्व भएकी राष्ट्रपतिले समेत सत्ताको चरम दुरुपयोगमा प्रधानमन्त्री ओलीको साथ दिएको देखिएको छ । चितवन कारागारभित्रै सँगै राखिएका बन्दीको हत्या गरेको कसुरमा सजाय पाएका सत्तारुढ दलका कार्यकर्तालाई कैद मिनाहा गरेर उन्मुक्ति दिइएको घटना सत्ता दुरुपयोगको पछिल्लो उदाहरण भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चितवन कारागारमा मारिएका व्यक्ति प्रमुख विपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ता थिए । तिनका हत्याराहरु भने तत्कालीन नेकपा (एमाले) समर्थक हुन् । त्यही एमालेका अध्यक्ष ओली अहिले प्रधानमन्त्री छन् । विद्यादेवी भण्डारी राष्ट्रपति चुनिनुभन्दा पहिले एमालेकी उपाध्यक्ष थिइन् ।    

भण्डारी र ओली राष्ट्रपति वा प्रधानमन्त्री हुनु समस्या होइन । तर, विधिको शासनका मूल्यमान्यतामा उनीहरूबाट भएको प्रहार भने चिन्ता र आपत्तिको विषय हो । विधिको शासनका मर्म तथा मूल्य मान्यतामा राष्ट्रपति, प्रधानमन्त्रीजस्ता राज्यको शीर्ष पदमा रहेका व्यक्तिहरूबाट यसरी आक्रमण हुनथाल्दा पनि सरकारको निगरानी गर्नुपर्ने प्रमुख विपक्षी दलका शीर्ष नेता मौन रहँदा झन् ठूलो चिन्ता र सन्देह उत्पन्न भएको छ । 

Global Ime bank

प्रतिनिधि सभा पुनःस्थापनाका विषयमा बोल्दा अदालतको अवज्ञा हुन्छ भनेर पन्छने विपक्षी नेता देउवा आफ्नै कार्यकर्ताका हत्यारालाई अदालतले दिएको सजायबाट सरकारले उन्मुक्ति दिँदा भने रहस्यमय रूपमा मौन छन् । राज्य सत्ताको चरम दुरुपयोग हुँदा पनि यसरी मौन रहेर फेरि प्रधानमन्त्री त हुन सक्लान् तर नेपाली कांग्रेसले भने यसको मूल्य नराम्ररी चुक्ता गर्नुपर्नेछ । 

राष्ट्रपति भण्डारीले ओली मन्त्रिपरिषद्का असंवैधानिक, अलोकतान्त्रिक र अन्यायपूर्ण क्रियाकलापमा सम्पूर्णरूपमा साथ दिएर राष्ट्रपति पदकै गरिमा घटाइन् । सरकारका आपराधिक क्रियाकलापको सहयोगी देखिएर विपक्षी नेता देउवा पनि नेपाली कांग्रेसलाई जनताका मात्र हैन आफ्नै पार्टीका कार्यकर्ताका आँखाबाट समेत गिरेका छन् । 

धिपधिप बलिरहेको लोकतन्त्रको दियो झ्याप्पै निभ्यो भने पनि आश्चर्य पर्दैन । यस्तो अवस्थामा प्रमुख विपक्षी नेताका हैसियतले मात्र नभई देशकै ठूलो र पुरानो लोकतन्त्रवादी दल नेपाली कांग्रेसको सभापतिका रूपमा पनि शेरबहादुर देउवाको भूमिकाप्रति व्यापक जनचासो रहेको देखिन्छ । 

राष्ट्रपति भण्डारीजस्तै विपक्षी दलका नेता देउवा पनि लोकतन्त्रको रक्षा गर्ने दायित्व पूरा गर्न असफल हुने हो भने देश अन्धकारको सुरुङमा फस्ने निश्चित छ । राष्ट्र विफल हुने लक्षण त अहिल्यै देखिन थालेको छ । सबैलाई चेतना होस् !  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC