site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
खोप अभाव हुँदैन, थप १० लाख डोज छिट्टै ल्याउँछौं : मन्त्री त्रिपाठी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप अभियानमा अभाव हुन नदिने बताएका छन् । भारतबाट खरिद गरिएको २० लाख डोज खोपमध्ये थप १० लाख डोज छिट्टै ल्याउने प्रक्रिया भइरहेको मन्त्री त्रिपाठीले जानकारी दिए । बाह्रखरीससँगको कुराकानीमा मन्त्री त्रिपाठीले दोस्रो चरणको खोप अभियान चलिरहँदा खोप अभाव हुन नदिने उनको दाबी छ । 
 
नेपालले खरिद गरेको २० लाख डोजमध्ये १० लाख डोज खोप आइतबार एयर इन्डियामार्फत् नेपाल आइपुगेको छ । नेपाल सरकारले भारतको सिरम इन्टिच्युट अफ इन्डियालाई फागुन ५ गते २० लाख डोज कोभिसिल्ड खोपबापत्को शुल्क रकम पठाएको थियो । सिरमले खोप उत्पादन सीमित मात्रामा भइरहेको र खरिदका लागि ८० प्रतिशत रकम पेश्कीस्वरुम पठाउनुपर्ने शर्त राखेपछि मन्त्रिपरिष्दको फागुन ४ गतेको बैठकले सार्वजनिक खरिद ऐनको प्रावधान नै निलम्बन गरेर शत प्रतिशत रकम पठाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार फागुन ५ गते प्रतिडोज ४ अमेरिकी डलरका दरले २० लाख डोजका लागि झन्डै ९३ कारेड रुपैयाँ भुक्तानी गरेको थियो । 

तर, २० लाख डोज खोप किन एकैपटक ल्याइएन भन्ने प्रश्नमा मन्त्री त्रिपाठी भन्छन्, “फागुन २३ गतेबाट ५५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिन्छौं र वहाँहरुलाई खोप अभियान चल्दै गर्दा थप १० लाख डोज पनि ल्याउँने तयारी छ । अहिलेलाई यति बुझौं सरकारले खोपको अभाव हुन दिँदैन ।”

२० लाख डोज खोप भण्डारणका लागि टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रलाई तयारी अवस्थामा राखिएको थियो । अन्तररष्ट्रिय विमानस्थलमा रहेको कोल्डचेनलाई समेत ब्याकअपका रुपमा राखिएको थियो । कोल्डचेन स्रोतका अनुसार यसअघि भारतबाट ल्याइएको १० लाख डोज खोपमध्ये केही खोप टेकु कोल्डचेनमै बाँकी छ । थप खोप ल्याउने मिति टुंगो लाग्दासम्म कोल्डचेन खाली गर्न मन्त्रालयको निर्देशन छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC