site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रामचन्द्र पौडेलको मधेस सम्मान यात्रा : पहिलो चरणमा सप्तरीदेखि महोत्तरीसम्म
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबारदेखि मधेस सम्मान यात्रा सुरु गरेका छन् । सुनसरीको भ्रमणपछि सप्तरीबाट यात्रा सुरु गरेका पौडेलले आइतबर नेपाल प्रेस युनियन सप्तरीको अन्तरक्रियामा ‘मधेस सम्मान यात्रा’ घोषणा गरेका हुन् ।

“२००७ सालको क्रान्तिमा मधेसका जनता र थुप्रै नेताहरुले अतुलनीय योगदान गर्नुभएको छ,” पौडेलले भने, “मधेस सम्मान यात्रा तिनै लोकतन्त्रका जग जनता अनि नेताहरुको सम्मानका लागि हो।” उनले पहिले मधेस पहाडभन्ने भावना नभए पनि पछिल्ला दिनमा कम्युनिष्टले जातीय अनि अन्य दलले क्षेत्रीय भावना भड्काएर विभाजनको प्रयत्न गरेको बताए । उनले कांग्रेसमा न्याय र पद्धति पनि छायामा परेको भन्दै अवका दिनमा कांग्रेसले लिने बाटो तय गर्न मधेसका जनतासँग सुझाव लिने बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनपछि पार्टी निर्णय अनुरुप नेतृत्व स्पष्टसँग बोल्न नसक्दा जनता र कार्यकर्तामा भ्रम पैदा भएको भन्दै त्यो भ्रममा नबस्न पनि म आग्रह गर्दछु,”  पौडेलले भने, “पार्टीले असंवैधानिक र अलोकतान्त्रिकभन्दै त्यसका विरुद्ध उभिने निर्णय गरेको छ । सर्बोच्चले संविधान अन्सार नै फैसला गरिहाल्छ ।” उनले प्रधानमन्त्री ओली आत्तिसकेको भन्दै अव अन्योल पनि छिट्टै अन्त्य हुने भएकाले कांग्रेसले के गर्ला भन्ने अन्योलमा पनि नबस्न कार्यकर्तालाई आग्रह गरे ।

सप्तरीमाको हनुमाननगरबाट सोमबार आरम्भ हुने पहिलो चरणको मधेस सम्मान यात्रा महोत्तरीको गौसाला पुगेर आगामी १३ गते पूरा हुने पौडेलको सचिवालयले बताएको छ । भारतीय स्वतन्त्रता संग्राममा भारतीय समावजवादी नेताहरु लुकेर बसेको हनुमाननगरमा राणा सरकारले समाजवादी नेता जयप्रकाश नारायणसहितलाई पक्राउ गरेको थियो । त्यसबेला नै राणा विरुद्ध आन्दोलन गरेर जेल तोडिदिएकाले हनुमाननगरलाई रामेश्वरप्रसाद सिंहसहितका नेताहरु रहेको राणा विरोधी आन्दोलनको किल्लाका रुपमा चिनिन्छ ।

Global Ime bank

पौडेलले हनुमाननगरपछि सप्तरीकै तिलाठी कोइलाडी जाने कार्यक्रम बनाएका छन् –जुन गाउँ वीपी कोइरालाका सहकर्मीसमेत रहेका कांग्रेसका स्वगर्गीय नेता रामनारायण मिश्रको गाउँ हो । त्यहाँ पुगेपछि पौडेल सप्तरीकै बोदेबसाइन जाने कार्यक्रम बनाएका छन् –जुन गाउँ २००७ सालको क्रान्तिमा राणा सरकालाई समेत चुनौती बनेको गाउँका रुपमा चिनिन्छ। यस्तै गाउँ टंकेश्वरीमा पनि जाने कार्यक्रम तय भएको पौडेलको सचिवालयले जनाएको छ ।

निजी सचिवालयका अनुसार त्यसपछि पौडेल सिरहाको औरही जने कार्यक्रम छ –जुन गाउँ वीपी कोइरालासँगै क्रान्तिमा लागेका सूर्यनारायण दाशकोढ गाउँ हो । त्यसपछि सिरहाकै पानबारी जाने र त्यहाँ १५ सालका सांसद तथा २००७ सालको क्रान्तिमा लागेकाहरुका परिवारको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको सचिवालयल जनाएको छ । सिराहाक सहिद चन्द्रनारायण यादवको गाउँपछि पौडेल भगवानपुर र कल्याणपुरको कार्यक्रममा सहभागि हुन पुग्नेछन् ।

हुलाकी राजमार्गतर्फका गाउँहरुमा भेटघाटसँगै स्थानीयले आयोजना गर्ने विरोधसभामा सहभागि हुँदै पौडेल धनुसामा महेन्द्रनारायण निधिको गाउँ पुग्ने सचिवालयले जनाएको छ। पौडेल त्यसपछि १३ गते महोत्तरीको गौशालामा पुगेर भेटघाट तथा कार्यक्रम गरेपछि पहिलोचरणको मधेस सम्मान यात्रा पूरा हुने सचिवालयले जनाएको छ । सचिवालयले दोस्रो चरणको मधेस सम्मान यात्रा भने काठमाडौं फर्किएपछि तय हुने बताएको छ।

कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गरेकै भोलिपल्ट सुनसरीको कार्यक्रममा गएका पौडेलले सोमबारदेखि मधेस सम्मान नाम दिएर यात्रा प्रारम्भ गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC