site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘साइबर सेना’को निसानामा मिडिया, नागरिक समाज र बुद्धिजीवी
Sarbottam CementSarbottam Cement

काठमाडौं । २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन एमालेले अनपेक्षित पराजय बेहोर्‍यो । पहिलो हुने अभिलाषाका साथ मैदानमा उत्रिएको एमाले तेस्रो र प्रत्यक्षतर्फ ३३ सिटमा सीमित भयो । युद्ध बिसाएर शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा (माओवादी)ले निसानामा एमालेलाई नै पारेको थियो । 

एकातिर पराजयको पीडा, अर्कोतिर नेकपा माओवादीको अर्धलडाकु दस्ता योङ कम्युनिस्ट लिग (वाईसीएल)ले निरन्तर आक्रमण गरेपछि आत्मरक्षाका लागि भन्दै तत्कालीन राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घले युथ फोर्स गठन गरेको थियो ।

तिनताक एमालेको पार्टी प्रमुख (कार्यवाहक महासचिव) झलनाथ खनाल थिए । शान्तिपूर्ण राजनीतिक धार अङ्गाल्दै कम्युनिस्ट आन्दोलनको मूल प्रवाह बन्ने दौडमा रहेको पार्टीले प्रतिकारमा वाइसीएलजस्तै अर्थलडाकु दस्ता निर्माण गर्ने बाटोमा अग्रसर भएको भन्दै नेतृत्वको तीव्र आलोचना भयो । आलोचना गर्ने अग्रपंक्तिमा अहिलेका प्रधानमन्त्री केपी ओली नै थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यहाँसम्म कि, तत्कालीन एमालेको आठौँ महाधिवेशनको स्वयम्सेवकको जिम्म युथ फोर्सले लिएको र त्यसैको सहारामा चुनाव जितेको आरोप पनि झलनाथ खनालले बेहोर्नुपर्‍यो ।

तर, पार्टीभित्रको परिस्थितिमा यसरी बदलाव आयो, युथ फोर्सको चर्को आलोचक बनेका केपी ओली नै त्यसका संरक्षक बने ।

Global Ime bank

तत्कालीन युथ फोर्सको नेतृत्व गरेका महेश बस्नेत, राजीव पहारी, किरण पौडेल, परशुराम बस्नेतलगायत हर्ताकर्ताहरू नै ओलीतिर थिए ।
वाईसीएलसँग आमुन्नेसामुन्ने भएकै कारण युवा सङ्घको नेतृत्वमा महेश बस्नेत आए । अहिले पनि त्यसको ‘मूल्य’ लिइरहेका छन् ।

हिजो युथ फोर्स खडा गरेर आक्रमण–प्रत्याक्रमणका लागि उत्रिएको युवा सङ्घले परिवर्तित सन्दर्भमा ‘साइबर सेना’ गठन गरेको बताएको छ ।

जनआन्दोलनका र नेपाली मौलिक कम्युनिस्ट आन्दोलनले आर्जन गरेका उपलब्धि क्षतविक्षत पार्नेगरी केही अवाञ्छित तत्त्वहरू लागि परेकाले साइबर सेनाको आवश्यकता बोध भएको सङ्घ नवनियुक्त अध्यक्ष वचनबहादुर सिंहले जानकारी दिए । 

पार्टीको विद्यार्थी मोर्चा अनेरास्ववियु हुँदै युवा सङ्घमा प्रविष्ट उनले बाह्रखरीसँग भने, “अहिले सामाजिक सञ्जालमा जथाभावी लेख्ने, व्यक्ति–संस्थाको मानमर्दन गर्ने, राज्यका अङ्गहरूको हुर्मत लिने, चरित्र हत्या गर्ने र यसले दर्जनौँ मानिसले आत्महत्या गर्नेजस्तो परिस्थिति निर्माण भएको छ । संघीय लोकतान्त्रिक व्यवस्थाको आधारस्तम्भको रूपमा राष्ट्रपति संस्था रहेको छ । पात्र को छ त्यो बेग्लै कुरा हो तर राष्ट्रपति त गणतन्त्रको प्रतीक हो नि, त्यही संस्थालाई बारम्बार आक्रमण गर्ने काम भइरहेको छ । यसको प्रतिरक्षाका लागि साइबर सेनाको आवश्यकता महसुस गर्‍यौँ ।”

उनले प्रधानमन्त्रीलगायत सरकारका अङ्गहरूलाई लाञ्छित गर्ने, बदनाम गर्ने कार्यमा केही मिडियाकर्मी, प्रबुद्ध समुदाय भनिएकाहरू, बुद्धिजीवी, नागरिक समाजको आडमा केही मानिसहरू सक्रिय रहेकाले उनीहरूलाई निरुत्साहित तुल्याउन साइबर सेना गठन गर्न लागिएको बताए । 

साइबर सेनाले सामाजिक सञ्जाललाई नियमन गर्न सघाउने वचनको भनाइ थियो ।

“हामी राज्यको कानुन, नीति–नियम हातमा लिएर होइन, बरु यसको नियमन गराउन राज्यको सहयोगी भूमिकामा रहेर कार्यसम्पादन गर्छौं,” उनले बाह्रखरीसँग भने, “त्यसका लागि आचारसंहिता, कार्यविधि बनाएर व्यवस्थित ढङ्गले कार्यसम्पादन गर्छौं । संघीय लोकतान्त्रिक गणतन्त्र, यसका उपलब्धिहरूको रक्षार्थ युवा सङ्घ सदैव तत्पर छ ।”

उनले सामाजिक सञ्जालमा सरकाविरुद्ध भ्रम फैलाउने, अवाञ्छित कुराहरू पोस्ट गर्ने, भाइरल बनाउने गिरोह नै रहेको र तिनीहरू अमुकअमुक ठाउँबाट परिचालित नै रहेको जिकिर गरे ।

“कोही व्यक्ति बारम्बार किन सरकारमाथि आक्रमणमा उत्रन्छ, स्तम्भकारका नाममा सदैव किन प्रस्तुत हुन्छ । उनका अभिव्यक्ति किन सरकार र गणतन्त्रप्रति विद्वेष फैलाउने खालको हुन्छ ? यसको निगरानी त गर्नुपर्‍यो नि,” उनले साइबर सेनाको औचित्य पुष्टि गर्ने प्रयत्न गर्दै भने, “गणतन्त्र र यसका उपलब्धि, सरकारले गरेका सकारात्मक कामहरूमाथि पनि आक्रमण भइराख्छ भने हामी त्यतिबेला मौन बस्न सक्दैनौँ ।”

उसले साइबर सेना छुट्टै अङ्गका रूपमा नभइ तहगत कमिटीमा एउटा इकाइका रूपमा रहने र सङ्गठनको निर्देशन पालना गर्दै कार्यसम्पादन गर्ने पनि जानकारी दिए  ।

“अभिव्यक्ति स्वतन्त्रका नाममा सेतो साडी लगाएर चुनाव लड्ने भन्दै धार्मिक आस्था, विश्वासमाथि आघात पुर्‍याउने काम आफूलाई नेता हुँ भन्नेबाटै भइरहेको छ । सेता साडी लगाउनु एलक महिलाहरूको अपराध हो ? के भन्न खोजेको रामकुमारी झाँक्रीले ?,” उनले भने, “राष्ट्रपतिलाई कहाँ गएर बस्नुस् भन्नुभयो उहाँले । यस्ता खालका छाडा, उद्दण्ड, अराजनीतिक, संस्कारहीन, समाज भडुँवा आचरण तह लगाउन साइबर सेना गठन गर्न लागिएको हो ।”

केही नागरिक समाजका अगुवा भन्नेहरूले शक्ति केन्द्रको आडमा सरकार, प्रधानमन्त्रीविरुद्ध विषवमन गरिरहेको उनको ठोकुवा थियो । साइबर सेनाले उनीहरूलाई निरुत्साहित तुल्याउने उनले जिकिर पनि गरे ।

सांकेतिक तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC