बाह्रखरी
sticky  ncell
British college
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
दीपेन्द्रको ‘वरदान’मा नम्रता नै किन ?
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, फागुन १०, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठले  सर्ट फिल्म ‘वरदान’ मा अभिनय गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको  ‘वरदान’को छायांकन सकिएको छ । 

मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय ‘वरदान’मा उठान गरिएको छ । विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथा दर्शकले हेर्न पाउने निर्देशक लामा बताउँछन् । 

Global bank

Agani Group

कोसिस नेपालले निर्माण गरेको ‘वरदान’मा मा मुख्य भूमिका नम्रताले निर्वाह गरेकी छिन् ।

कोरोना र लकडाउनपछि मानसिक स्वास्थ्यबारे बहस उठेकाले यस विषयमा फिल्म बर्नाएको निर्देशक लामाले बताए ।

sarbottam cement

“डिप्रेसनमा गएकाहरुले आत्महत्याको बाटो रोज्ने सम्भावना धेरै रहन्छ । तर हामीले बेलैमा सही सल्लाह लिन व दिनसक्यौं भने उनीहरुलाई बचाउन सक्छौं,” लामा भन्छन्, “डिप्रेसनबाट उठेर अरुलाई समेत प्रेरणा दिँदै सकारात्मक जीवन बाँचिरहेकी हुनाले नम्रतालाई नै मुख्य भूमिकामा छनोट गरिएको हो ।”

२० मिनेटको ‘वरदान’मा नम्रता र दयाहाङसहित प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले अभिनय गरेका छन् ।

शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ । केही हप्तापछि अनलाइन प्ल्याटफर्ममा ‘वरदान’ रिलिज गरिनेछ ।

Nepal Investment bank
Nepal Investment bank
सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्