site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रामचन्द्र पौडेल भन्छन्- सर्वोच्चले संविधानअनुसारै फैसला गर्छ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबारदेखि मधेस सम्मान यात्रा सुरु गरेका छन् । सुनसरीको भ्रमणपछि सप्तरीबाट यात्रा सुरु गरेका पौडेलले आज नेपाल प्रेस युनियन सप्तरीको अन्तर्क्रियामा ‘मधेस सम्मान यात्रा’ घोषणा गरेका हुन् ।
 
“२००७ सालको क्रान्तिमा मधेसका जनता र थुप्रै नेताहरुले अतुलनीय योगदान गर्नुभएको छ,” पौडेलले भने, “मधेस सम्मान यात्रा तिनै लोकतन्त्रका जग जनता अनि नेताहरुको सम्मानका लागि हो ।” उनले पहिले मधेस पहाड भन्ने भावना नभए पनि पछिल्ला दिनहरुमा कम्युनिस्टले जातीय अनि अन्य दलले क्षेत्रीय भावना भड्काएर विभाजनको प्रयत्न गरेको बताए । उनले कांग्रेसमा न्याय र पद्धति पनि छायामा परेको भन्दै अबका दिनमा कांग्रेसले लिने बाटो तय गर्न मधेसका जनतासँग सुझाव लिने बताएका छन् ।

“प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनपछि पार्टी निर्णयअनुरुप नेतृत्व स्पष्टसँग बोल्न नसक्दा जनता र कार्यकर्तामा भ्रम पैदा भएको भन्दै त्यो भ्रममा नबस्न पनि म आग्रह गर्दछु,”  पौडेलले भने, “पार्टीले असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसविरुद्ध उभिने निर्णय गरेको छ । सर्वोच्चले संविधानअनुसार नै फैसला गरिहाल्छ ।” उनले प्रधानमन्त्री केपी ओली आत्तिसकेको भन्दै अब अन्योल पनि छिटै अन्त्य हुने भएकाले कांग्रेसले के गर्ला भन्ने अन्योलमा पनि नबस्न कार्यकर्तालाई आग्रह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

सप्तरीको हनुमाननगरबाट सोमबार आरम्भ हुने पहिलो चरणको मधेस सम्मान यात्रा महोत्तरीको गौशाला पुगेर आगामी १३ गते पूरा हुने पौडेलको सचिवालयले जनाएको छ । भारतीय स्वतन्त्रता संग्राममा भारतीय समाजवादी नेताहरु लुकेर बसेको हनुमाननगरमा राणा सरकारले समाजवादी नेता जयप्रकाश नारायणसहितलाई पक्राउ गरेको थियो । त्यसबेला नै राणाविरुद्ध आन्दोलन गरेर जेल तोडिदिएकाले हनुमाननगरलाई रामेश्वरप्रसाद सिंहसहितका नेताहरु रहेको राणाविरोधी आन्दोलनको किल्लाका रुपमा चिनिन्छ ।
 
पौडेलले हनुमाननगरपछि सप्तरीकै तिलाठी कोइलाडी जाने कार्यक्रम बनाएका छन् । जुन गाउँ बीपी कोइरालाका सहकर्मीसमेत रहेका कांग्रेसका दिवंगत नेता रामनारायण मिश्रको गाउँ हो । त्यहाँ पुगेपछि पौडेल सप्तरीकै बोदेबर्साइन जाने कार्यक्रम बनाएका छन् । यो गाउँ २००७ सालको क्रान्तिमा राणा सरकारलाई समेत चुनौती बनेको गाउँका रुपमा चिनिन्छ । यस्तै गाउँ टंकेश्वरीमा पनि जाने कार्यक्रम तय भएको पौडेलको सचिवालयले जनाएको छ ।

निजी सचिवालयका अनुसार त्यसपछि पौडेल सिरहाको औरही जाने कार्यक्रम छ । यो गाउँ बीपी कोइरालासँगै क्रान्तिमा लागेका सूर्यनारायण दाशकोढको गाउँ हो । त्यसपछि सिरहाकै पानबारी जाने र त्यहाँ २०१५ सालका सांसद तथा २००७ सालको क्रान्तिमा लागेकाहरुका परिवारको अवस्थाबारे जानकारी लिने कार्यक्रम छ ।

Global Ime bank

त्यसपछि सिरहाका सहिद चन्द्रनारायण यादवको गाउँपछि पौडेल भगवानपुर र कल्याणपुरको कार्यक्रममा सहभागी हुनेछन् । यस्तै उनी धनुषामा महेन्द्रनारायण निधिको गाउँ पुग्नेछन् । त्यसपछि १३ गते महोत्तरीको गौशालामा पुगेर भेटघाट तथा कार्यक्रम गरेपछि पौडेलको पहिलो चरणको मधेस सम्मान यात्रा पूरा हुने सचिवालयले जनाएको छ । सचिवालयले दोस्रो चरणको मधेस सम्मान यात्रा भने काठमाडौं फर्किएपछि तय हुने जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  २०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC