site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
पशुपतिमा शिवरात्रिको आन्तरिक तयारी, चाँदीको जलहरी मर्मत गर्न क्षमापूजा 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । महाशिवरात्रि नजिकिएसँगै पशुपतिनाथमा चाँदीको जलहरी मर्मत गर्दै क्षमापूजा सुरु भएको छ । शिवरात्रिसम्म चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्ने उद्देश्यसाथ क्षमापूजा भइरहेको हो । साथै शिवरात्रिको आन्तरिक तयारी थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका सदस्य–सचिव प्रदीप ढकालले पशुपतिमा चाँदीको जलहरी मर्मत गर्न क्षमापूजा र शिवरात्रिको तयारीमा कोष जुटेको जानकारी दिए । ‘‘चाँदीको जलहरी मर्मत गर्दा क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई बोलाइएको छ । क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी एक सय एक्काइस ब्राह्मणले क्षमापूजा गरिरहेका छन्," उनले बाह्रखरीसँग भने, ‘‘चाँदीको जलहरी जीर्ण भएकै कारण यसलाई मर्मत गरी त्यसैमा सुनको जलहरी शिवरात्रिसम्म पगाल्नेगरी तयारी भइरहेको छ । चाँदीको जलहरीका लागि गरिने क्षमापूजा बुधबारसम्म हुनेछ ।”
 
उनका अनुसार विगतका वर्षमा भारतका विभिन्न स्थानबाट साधुसन्त आइसक्थे तर यसपालि आएका छैनन् । ‘‘मन्दिरमा आउने भक्तजनलाई भने सहज रुपमा दर्शन गराउने गरी कोषले तयारी थालेको छ । कोषले यसपालि कति साधुसन्त आउँछन् भनि आकलन पनि गरिरहेको छ ।” 

भारत र नेपालका विभिन्न स्थानबाट आउने साधुसन्तको सूची विगतका वर्षदेखि पहिले नै कोषमा जानकारी आउने गरेको ढकालले बताए । यसपालि महाशिवरात्रि फागुन २७ गते परेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC