site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस, ओली पक्षद्वारा बैठक बहिष्कार
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस भएको छ । आज बसेको प्रदेशसभा बेठकमा राईविरुद्ध इन्द्र आङ्बो प्रस्तावक र लक्षुमन तिवारी समर्थक रही अविश्वास प्रस्ताव पेस भएको थियो ।

आजको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अविश्वास प्रस्ताव पेस गरेका हुन् । आङ्बोले प्रतिनिधिसभा विघटन प्रतिगामी र संविधानविपरीत भएको बताउँदै नेकपा पनि विभाजित अवस्थामै रहेको बताए ।

पुस १२ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो । तर, सरकारले यसबारे लोकतान्त्रिक ढंगले छलफल गर्न अग्रसर नभएको आङ्बोले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

सभामुख भण्डारीले आङ्बोलाई अविश्वास प्रस्ताव पेस गर्न समय दिएका थिए । प्रतिनिधिसभा विघटन भएसँगै नेकपामा देखिएको विवादबीच दाहाल-नेपाल समूहका ३७ सांसदले राईविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । हस्ताक्षर गर्ने पाँचजना सांसदले प्रस्तावको पक्षमा आफू नभएको भन्दै प्रदेशसभा सचिवालयमा पुनः निवेदन दर्ता गराएका थिए । बैठकमा ओली पक्षका सांसद भने सहभागी भएनन् ।

प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियैतले बैठकमा भएको निर्णयबारे भने,“संसदीय दलले निलम्बन गरेका सांसदले तीन महिनासम्म प्रदेशसभा बैठकमा सहभागी हुन पाउनु हुन्न । उहाँहरु तीन महिनासम्मको लागि निलम्बनमा पर्नु भएको हो । सहभागी हुन्जेल हामी सहभागी हुन सक्दैनौं ।”

Global Ime bank

सरकार पक्षले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने १६ जना सांसदलाई निलम्बन गरिएको भन्दै त्यसबारे प्रदेशसभा सचिवालयलाई समेत जानकारी गराएको छ । नेकपाको दाहाल–नेपाल समूहले पनि मुख्यमन्त्री राईको साटो सांसद भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरी अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । दाहाल–नेपाल समूहले पनि मुख्यमन्त्री राईसहित ८ जना सांसदलाई निलम्बन गर्ने निर्णय गर्दै यसको जानकारी प्रदेशसभा सचिवालयलाई गराएको छ । 

नेकपा विवादका कारण दिउँसो २ बजे तय गरेको बैठक समयमै बस्न सकेन । मुख्यमन्त्री राईले नेकपा विवाद नभइसकेको र आफू नै संसदीय दलको नेता भएकोले दलको विधानविपरीत कार्य गर्नेलाई नियमसंगत ढंगले निलम्बन गरिएको दाबी गर्दै आएका छन् । तर, यसलाई केवल पद जोगाउने र सरकारको आयु लम्ब्याउने चालबाजी मात्र भएको दाहाल–नेपाल समूहले अथ्र्याउने गरेको छ । दाहाल–नेपाल समूहका सांसद तथा पूर्वमन्त्री इन्द्र आङ्बोले सरकारले नै सदन चल्न नदिई सरकारमा रहिरहने अभिष्ट राखेको बताएका छन् । 

सभामुख प्रदीपकुमार भण्डारीले गत माघ २५ गते झैं आइतबारको बैठकमा समेत मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव बैठकमा पेस गर्ने कार्यसूची बनाएका थिए । नेकपा विवादका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक नबसी प्रदेशसभा नियमावलीअनुसार सभामुखले आफैं कार्यसूची तय गरेका थिए ।

यसअघि गत माघ २५ गतेको बैठकमा नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले निलम्बित सांसदसमेत बैठकमा बसेको भन्दै नियमापत्ती जनाउँदै बैठक शुरु हुनासाथ उठेर विरोध जनाएका थिए । त्यसपछि ओली पक्षीय थप सांसदले विरोध जनाएपछि बैठक आज आईतबारको लागि तय भएको थियो । अर्को बैठक फागुन २० गतेको लागि बोलाइएको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC