site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचन आयोग अनिर्णयको बन्दी कहिलेसम्म ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सतहमा देखिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद निरुपणमा निर्वाचन आयोगले ढिलाइ गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । नेकपाको प्रचण्ड-माधव नेपाल समूहले आधिकारिकता दाबी गरेको १९ दिनसम्म पनि आयोगले प्रक्रिया अघि बढाएको छैन ।

प्रचण्ड-नेपाल समूहले गत माघ २० गते राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गरेको थियो । नेकपा विवादबारे आयोगको निर्णय कस्तो होला सर्वत्र चासोको विषय पनि बनिरहेको छ । नेकपा विवाद निरुपणबारे चासो राख्दा आयोगका पदाधिकारीको एउटै जवाफ छ- अध्ययन हुँदै छ ।

एउटा निवेदन अध्ययनका लागि यति धेरै समय लाग्छ ? आयोगमाथि प्रश्न पनि तेर्सिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कहाँ छ फाइल ?
निर्वाचन आयोगका एक उच्च अधिकारीका अनुसार अहिले नेकपा आधिकारिकता विवादको फाइल राजनीतिक दलसम्बन्धी महाशाखामा छ । नेकपा विवाद हेर्ने जिम्मेवारी पाएका आयुक्त रामप्रसाद भण्डारीले भर्खरै सचिवको जिम्मेवारीमा आएका सुरेश अधिकारीलाई महाशाखासँग छलफल गरेर निर्णय भोलिसम्म आफूलाई बुझाउन निर्देशन दिएका छन् । 

"अहिले फाइल कानुन महाशाखामा छ । आयुक्तले सचिवलाई महाशाखाको कर्मचारीसँग बैठक बसेर आज बेलुका या भोलिसम्ममा निर्णय दिन भन्नुभएको छ । त्यसपछि मात्रै निर्णयतिर अघि बढ्छ," स्रोतले बाह्रखरीलाई भन्यो । 

Global Ime bank

त्यसपछि आयुक्त भण्डारीले आयोगमा आफ्नो प्रस्ताव पेस गर्नेछन् । त्यसपछि आयोगको बैठकले निर्णय गर्नेछ । तर, आयोगले निर्णयका लागि अझै ढिलाइ हुने देखिएको छ ।

"यो साताभित्र निर्णय गर्छौं । कस्तोखालको निर्णय आउला भन्न सकिँदैन । आयोगसँग ६० दिनमा पनि निर्वाचन गराएको अनुभव छ । हामीसँग अझै ७० दिन बाँकी नै छ । विवाद समाधानले निर्वाचन अझै असर गरेको छैन," आयोगका एक आयुक्त जिकिर गर्छन् ।

अदालतको फैसलाका कारण पनि अलमल भएको आयोगका एक अधिकारी बताउँछन् । फैसला कुर्नुनपर्ने नभए पनि अदालतले फैसला गरिसकेपछि निर्णय गर्न सहज हुने ती अधिकारी बताउँछन् । नेकपाका एक नेता पनि आयोग अब अदालतको फैसला नै कुरेको जिकिर गर्छन् ।

"आयोग आफैंले नियमअनुसार पहिले नै निर्णय नगर्दा आफ्नै चक्रब्यूहमा फसिसकेको छ । आयोगले अदालतको फैसला कुर्नुपर्ने होइन् । तर अब, आयोगले अदालतको फैसला नगरी निर्णय गर्ने देखिँदैन," प्रचण्ड-नेपाल समूहका ती नेता बताउँछन् ।

आयोगमा सचिव नै फेरिए 
नेकपा विवाद र निर्वाचनको घोषणाकाबीच निर्वाचन आयोगमा सचिव फेरिएका छन् । झन्डै दुई वर्षअघि सचिव बनेर आयोग पुगेकी देवकुमारी गुरागाईं सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएकी छिन् । आयोगमा सुरेश अधिकारी शुक्रबारबाट हाजिर भएका हुन् । नेकपाको विवादको दबाबका कारण उनको सरुवा भएको आयोगका उच्च अधिकारीको दाबी छ ।

"नेकपाको विवादमा उहाँले खासै चासो दिनुभएन । सायद, उहाँलाई प्रेसर पनि भयो । त्यसकारण उहाँको सरुवा भयो," ती उच्च अधिकारीले भने । 

आयोगका कर्मचारी नै भन्छन्
आयोगका कर्मचारीहरुलाई पनि नेकपा विवाद निरुपणमा धेरै नै ढिलाइ भएको बताउन थालेका छन् । आयोगका कर्मचारीहरुबीच पनि किन ढिला भन्दै कानेखुसी हुन थालेको छ ।

"नेकपा विवाद निरुपणमा अत्ति ढिला भयो । आयोगले छिट्टै निर्णय गरिदिएको भए हुन्थ्यो भन्ने हामीलाई पनि लागेको छ । सत्तारुढ दलको विवाद भएको भएर पनि ढिलाइ भएको हुन सक्छ," एक कर्मचारी भन्छन्, "तर, जे निर्णय दिनुपर्ने हो । त्यो छिटै दिए हुन्थ्यो नि । चित्त नबुझेको पक्ष अदालत जाने हो भने पनि बाटो खुल्थ्यो भन्ने हामीलाई पनि लागेको छ ।"

के गर्दै छ त आयोग ?
निर्वाचनका भित्री कामहरु गरिरहेको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमला बताउँछन् । आयोग तोकिएकै समयमा निर्वाचन गर्ने गरी काम भइरहेको उनी जिकिर गर्छन् ।

"आयोगले मतदाता नामावली, आचारसंहिता, निर्वाचनस्थल, निर्वाचन केन्द्र, दल दर्ताको सूचनालगायत विषयमा आन्तरिक तयारी गरिसकेको छ । तोकिएको समयमै निर्वाचन गर्न आयोग तयार छ," उनले भने । नेकपा विवादबारे अध्ययन भइरहेको र छिट्टै निर्णय आउने पनि ती उच्च अधिकारीले सुनाए ।

तर, नेकपा विवाद निरुपण नहुँदासम्म दल दर्ताको आह्वान गर्न मिल्दैन । त्यसैले निर्वाचन तोकिएको समयमा हुने सम्भावना कम हुन थालेको पूर्वनिर्वाचन आयुक्तहरु बताउँछन् । आयोग अनिर्णयको बन्दी बन्न नहुने पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ बताउँछन् ।

"जे निर्णय गर्नुपर्ने हो । छिटै गर्नुपर्छ । नेकपा एउटै हो भनेर आयोग पन्छिन मिल्दैन । अनिर्णयको बन्दी बन्नहुँदैन," गुरुङको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC