site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीद्वारा उपराष्ट्रपतिको अपमान (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको दिन उपराष्ट्रपति नन्दकिशोर पुनलाई अपमानजनक व्यवहार गरेका छन् ।

फागुन ७ गते टुँडिखेलमा प्रजातन्त्रको दिवस कार्यक्रम सकिएपछि राष्ट्रपति भण्डारीको सवारी हिँड्यो । उपराष्ट्रपति पनि हिँड्ने सुरसारमा थिए । सुरक्षाकर्मीले त्यसको तयारी गरिरहेका थिए ।

उपराष्ट्रपति बसिरहेको आसन नजिकै आएर प्रधानमन्त्रीले सबैले सुन्नेगरी असन्तुष्टि पोखेको र प्रतिशोध साँधेको उनीनिकट स्रोत बताउँछ ।

Prabhu Bank
Agni Group
NIC Asia

“उपराष्ट्रति समारोह सकेर हिँड्ने तयारी गर्दै हुनुहुन्थ्यो । प्रधानमन्त्रीले मञ्चमै आएर ‘राजनीतिक भाषण गर्दै हिँड्ने ?’ भनेर असन्तुष्टि राख्न थाल्नुभयो,” उनी निकट स्रोतले बाह्रखरीसँग भन्यो ।

प्रधानमन्त्रीले क्षुब्ध भावमा अभिव्यक्ति राखेपछि उपराष्ट्रपति असमञ्जसमा परेका थिए । उनले मैले त्यस्तो राजनीतिक भाषण गरेको छैन, म मैले बोलेका कुराहरू टेक्स्ट नै पठाउन सक्छु भनेका थिए ।

Global Ime bank

तर, प्रधानमन्त्री त्यतिमै रोकिएनन् । उनले ‘प्रतिवाद नै गर्न खोजेको हो त’ ? भनेपछि उपराष्ट्रपतिले तपाईंचाहिँ जे (संविधानविपरीत) गर्दै हिँड्ने भनेपछि प्रधानमन्त्री ओली चुप लागेका थिए ।

सामान्यतया यस्ता औपचारिक समारोहमा प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपतिलाई शिष्टचार अभिभादन गर्ने प्रचलन छ । क्रुद्ध प्रधानमन्त्री ओली उपराष्ट्रपतिलाई अभिभावदन नगरी हिँडेका थिए ।

“यसले प्रधानमन्त्री निकै हतास, आत्तिएको मनोदशामा हुनुहुन्छ । उहाँ पूर्वमाओवादी केन्द्र, विशेषतः प्रचण्ड नजिकका मानिसहरूसँग बदला लिन अग्रसर भइरहेको देखाउँछ,” पुननिकट स्रोतले भन्यो ।

के भनेका थिए उपराष्ट्रपति पुनले पत्रकार महासंघको कार्यक्रममा 

देश अहिले राजनीतिक संकटको भुमरीमा छ । प्रतिनिधिसभा विघटन गरिएको छ । यसको विरोध र समर्थनमा प्रदर्शन भइरहेका छन् ।

नागरिकस्तरबाट गणतन्त्रको प्रस्ताव गर्ने पहिलो संस्था नेपाल पत्रकार महासंघको तर्फबाट तपाईंहरूले प्रतिनिधिसभा विघटन भएकै दिन यसलाई ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानको संवैधानिक व्यवस्थाविरुद्ध’ भन्नुभएको छ ।

पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू, संविधानविद्हरू, नागरिक समाज, प्रायः राजनीतिक पार्टीहरू, संघसंस्थाहरूका साथै अधिकांश तपाईं पत्रकार मित्रहरूले पनि प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिरहनुभएको छ ।

नेपाली जनता राजनीतिक स्थायित्व, समृद्धि, विकास निर्माण, आर्थिक–सामाजिक जीवनमा परिवर्तनका साथै संविधानको पालन, संरक्षण र संविधानप्रदत्त अधिकार प्रयोग गर्न चाहन्छन् । प्रतिनिधिसभा विघटनपछि गहिरिँदो राजनीतिक संकटबाट जनतामा निराशा र आक्रोश छाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC