site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाका कारण विदेशमा थप एक नेपालीको मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणले मृत्यु हुने नेपालीको संख्या ३३६ जना पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समिति संयोजक सन्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्यान्ड, सेसल्स, बेलायत, यूएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ६१ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ७३ हजार दुई सय ६३ जना छ भने दुई लाख ६९ हजार ६ सय १९ जना अर्थात् ९८.७ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

Global Ime bank

खोप अभियानमा सहभागी बनौं
स्वास्थ्य विशेषज्ञहरुले हाल प्रयोगमा आएका खोपहरु सुरक्षित रहेको बताएका छन् । स्वास्थ्य समितिमा आबद्ध चिकित्सकहरुका अनुसार लामो समयको अध्ययन र परीक्षणपश्चात् खोपहरु प्रयोगमा ल्याइएकाले ती प्रयोगका लागि सुरक्षित छन् । हाल कोरोनाका विभिन्न चार नयाँ भेरियन्ट देखापरेको बताउँदै उनीहरुले अहिले प्रयोगका ल्याइएका खोपहरु नयाँ भेरियन्टका लागि पनि प्रभावकारी हुने बताएका छन् ।

बेलायत, क्यालिफोर्निया, एसिया र दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखापरेको हो । प्रारम्भिक अनुसन्धानअनुसार नयाँ भेरियन्ट पुरानो भाइरसका तुलनामा बढी संक्रामक छन् । स्वास्थ्य समितिले नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रयोग गर्न सकिने भन्दै खोप अभियानमा सहभागी हुन अपिल गरेको छ ।

विभिन्न दीर्घरोगको औषधी सेवन गरिरहेका व्यक्तिले पनि खोप लिन सक्ने समितिले जनाएको छ । तर गर्भवती महिला, स्तनपान गराउने महिला र तुरुन्त गर्भवती हुन योजना बनाइरहेकाहरूलाई खोप नलगाउन भनिएको छ । यस्तै १८ वर्ष मुनिकालाई पनि खोप सिफारिस गरिएको छैन खोप लगाउनुपूर्व आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग सल्लाह गर्नसमेत समितिले सुझाएको संघका प्रेस संयोजक चिरन शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC