site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वसन्तपुर दरबार क्षेत्रको शोभा बढ्दै : फुटपाथ र पार्किङ हटाएर गमला 
Sarbottam CementSarbottam Cement

काठमाडौं । वसन्तपुर दरबार क्षेत्रमा अहिले फूलसहितका गमला राखिएको छ । दैनिक कोही मूर्ति र गमलामा रङरोगन गर्दै गरेका भेटिन्छन् त कोही गमलामा पानी हाल्दै गरेका देखिन्छन् ।

नेपाली सेना र सम्पदा संरक्षण अभियन्ता हनुमानढोका दरबार क्षेत्र वरिपरि अनुगमनमा खटिएका छन् । फोहोर फाल्न नदिन र फुटपाथ व्यापार गर्न नदिन उनीहरु तल्लीन हुन्छन् ।

फुटपाथ र पार्किङ हटाइ गमला 
यही फागुन ३ गते वसन्तपुरको गुरुजुको पल्टन (नेपाली सेना) र काठमाडौं महानगरपालिकाले सरोकारवाला सबै निकायलाई एकैठाउँमा ल्याएर सम्पदा संरक्षण अभियान सुरु गर्‍यो । अभियानले दरबार क्षेत्रभित्र पार्किङ गर्न, फुटपाथ व्यापार गर्न रोक लगाउँदै पार्किङ क्षेत्र र फुटपाथ क्षेत्रमा गमलाले सजाउने योजना बनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गुरुजु पल्टनका सेनानी विकास शाक्यका अनुसार सांस्कृतिक नगरी क्षेत्र महामारी अवधिभर अस्तव्यस्त भएको थियो । ‘‘३ गतेदेखिको अभियानले ठूलो परिवर्तन ल्याएको छ । सुरक्षित हनुमानढोका कायम राख्न र पर्यटन प्रवद्र्धन गर्न फुटपाथ र पार्किङ क्षेत्र हटाएर गमला राखेका छौँ । सबै सुरक्षा निकाय एक ठाउँमा नआउँदा यसअघि राखिएका गमला कसैले चोरेर लगे त कसैले फुटाए,” उनले भने, ‘‘अहिले सबै निकाय एक ठाउँमा आएर सुरक्षा दिइरहँदा सबै व्यवस्था मिल्दै गइरहेको छ । पहिला बेवारिसे रूपमा राखिएका गमलालाई सुरक्षा गर्न पाइएन ।”

तीन महिनाअगाडि अमेरिकाबाट आएका ओमबहाल निवासी  सूर्यराज श्रेष्ठले ३० हजार रुपैयाँ गमला किन्न भनी सेनानी शाक्यलाई दिए । उक्त रकमले गुरुजुको पल्टनले भक्तपुरबाट गमला ल्यायोे । सेनानी शाक्य भन्छन्, ‘‘नेपाली सेनाले आफैँले गमला रङरोगन गरी तयार बनायौँ । ती गमला सजाएर राख्यौँ । त्यसपछि मनकामना केबलकारका प्रमुख राजुबाबु श्रेष्ठले पनि १०० वटा फूल दिए । गमला किनेर त्यसलाई पनि दरबार क्षेत्रमा सजाएर राख्यौँ । यसबाट थप दरबार क्षेत्रको शोभा बढ्दै गएको छ ।”

Global Ime bank

नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठ सेनानी शाक्यका साथी हुन् । उनले सेनानीलाई तीन÷तीन महिनामा ४०० वटा फूल दिने गरेका छन् । ती फूललाई राख्न काठमाडौं महानगरपालिका वडा नम्बर–१९, २०, २३ र २४ को पहलमा हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमबाट गमला राख्ने स्ट्यान तयार गरियो । गमला कसले संरक्षण गर्ने र कसले पानी हाल्ने भनी योजना बनाइयो । त्यसबमोजिम गमलाको पछाडिपट्टिको स्ट्यानमा कार्ड बनाएर वसन्तपुर क्षेत्रभित्रका सम्बन्धित निकाय र संघ–संस्थाको नाम राखियो । यसले सबैलाई आफ्नो पनको अनुभूति गराउने र नाम राखेका संघ–संस्थाले पनि हेरचाह गर्ने भए । यति भएपछि गमला सुरक्षित हुने गुरुजु पल्टनको अपेक्षा छ । यतिमात्रै होइन, सेनानी शाक्यले गमला नर्सरी बनाउने योजना पनि अघि सारेका छन् ।

विश्व सम्पदा क्षेत्रमा फुटपाथ व्यापार निरुत्साहित गर्नको लागि स्थानीय बासिन्दाको अगुवाइमा जनचेतना जगाउने कार्यक्रम पनि रहेको उनले जानकारी दिए ।

अभियन्ता भन्छन्...
सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा व्यवस्थापन र संरक्षणको कार्यको थालनी भएको बताए । महामारीको समयमा दरबार क्षेत्र अस्तव्यस्त बन्दै गएकाले अहिले व्यवस्थित बनाउने अभियान थालेको उनी बताउँछन् । उनी भन्छन्, ‘‘फुटपाथ व्यापार गरेर जताततै फोहोर फाल्थे । तर, अहिले भने त्यो गर्न पाइँदैन । पुरातात्विक महत्वको हनुमानढोका दरबार क्षेत्र कोरोना महामारीसँगै अस्तव्यस्त हुन पुगेको थियो । फुटपाथ पसल, पार्किङ क्षेत्रले गर्दा अस्तव्यस्त भएको ठाउँलाई व्यवस्थित गर्न सामूहिक रूपमा यस्तो निर्णय निकालियो । यसअघि पनि यस्तो प्रयास नगरेको भने होइन । अभियन्ता मात्रै भएकाले योजना पूरा भएन । तर, अहिले भने प्रतिफल प्राप्त गर्न सफल भएका छौँ ।”

सांस्कृतिक बाजा सिक्दै गुरुजुको पल्टन
नेपाली सेनाको टोलीले प्राचीन नेवारी सांस्कृतिक बाजा सिकिरहेको छ । नेपाली सेना गुरुजुको पल्टनमा १७० जनाको टोली छ । टोलीका केहीले सांस्कृतिक बाजा सिकिरहेका सेनालाई धिमेबाजा सिकाउँदै आएका बज्र कलाकुञ्जका बाजा प्रशिक्षक सुदनमान मुनिकारले बताए ।

नेपाली सेनाकै ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यस पल्टनले काठमाडौं, ललितपुर, भक्तपुरलगायत बाहिरी जिल्ला गरेर ५६ वटा जात्रा–पर्वमा सहभागिता जनाउने गर्छ । ‘‘हनुमानढोका दरबार क्षेत्रमा पनि सांस्कृतिक बाजा बजाउँदा स्थानीय खुसी हुन्छन्,’’ ‘उनले भने, ‘‘हनुमानढोका दरबार क्षेत्र नेवारी सांस्कृतिक नगरी हो । यस नगरीभित्र नेपाली सेनाको टोलीले नेवारी प्राचीन बाजा बजाएर जात्रा गर्दा संस्कृतिप्रति लगाव देखिन्छ । उत्साह बढ्छ । जात्राको रौनक पनि पनि छुट्टै कायम हुन्छ ।” अर्का प्रशिक्षक धर्म मुनिकारले बाँसुरी वाद्यवादन सिकाइरहेका छन् ।

मूर्ति सिंगारपटारको काममा गुरुजुको पल्टन
दरबार क्षेत्रका मूर्तिको चमक पनि बढ्दै गएको छ । उक्त पल्टनले मूर्तिमा रङरोगन गर्ने काम गर्दै आएको छ । मूर्तिकै कारणले मन्दिर परिसरको आकर्षण बढ्ने सेनाको ठम्याइ छ । मासिक रूपमा मूर्ति तेल लगाएर सम्पदाको चमक निकाल्ने काम भइरहेको पल्टनले जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC