site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्तापक्षको पूर्ववत् अडानबीच आज प्रदेश १ को प्रदेशसभा बैठक
Sarbottam CementSarbottam Cement

विराटनगर । सरकारपक्षीय नेकपाको पूर्ववत् अडानबीच आज प्रदेश १ को प्रदेशसभा बैठक डाकिएको छ ।

माघ २५ गतेको बैठकको कार्यसूचीमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुन नपाई प्रदेशसभा बैठक आज आइतबारका लागि तोकिएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले अविश्वासको प्रस्ताव टेबुल हुने कार्यसूची लिएर बैठक सुरु गरेर त्यसलाई टेबुल नै नगराई हठात रुपमा स्थगन गरेका थिए । प्रदेशसभाको बैठक सुरु हुनासाथ सत्तापक्षीय नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संसदीय दलले कारबाही गरेका प्रचण्ड-नेपाल समूहका सांसद्‍लाई कारबाही गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अविश्वासको प्रस्ताव टेबुल भई प्रक्रियामा लगेर संसद् बैठक सुचारु गर्नुपर्नेमा प्रमुख विपक्षी कांग्रेससमेत सकारात्मक भएपछि सत्तासीन नेकपाले बैठक टार्ने र चल्नै नदिने रणनीति लिएको छ । नेकपाका प्रमुख सचेतक राजभण्डारीले संसदीय दलको विधानविपरीत आफ्नै दलका नेता तथा मुख्यमन्त्रीविरुद्ध अभियान चलाउने सांसदलाई निलम्बन गरिएकाले बैठकमा सहभागी हुन दिन नहुने आफूहरूको अडान रहेको बताउँछन् ।

यता, प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दलको विवादलाई प्रदेशसभामा ल्याएर संसद्‌लाई नै बन्धक बनाउनु उपयुक्त नभएको टिप्पणी गर्छन् । भन्छन्, “प्रदेशसभा बैठक सञ्चालन हुनुपर्छ । बन्धक बनाउन पाइँदैन । जे हुन्छ त्यहिँभित्र हुन्छ ।” सत्तापक्षले नै संसद बैठक सञ्‍चालन हुन नदिनु उदेकलाग्दो भएको कार्कीको कथन छ ।

Global Ime bank

मुख्यमन्त्री शेरधन राईले विराटनगरको एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रदेशसभा नै विघटनसमेत हुन सक्ने चेतावनीसमेत दिएका छन् ।

यसको प्रतिउत्तरमा नेकपाका प्रचण्ड-नेपाल समूहबाट मुख्यमन्त्री प्रस्ताव गरिएका नेता भीम आचार्यले संघीय राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री राईले प्रदेशसभा विघटन नै गर्न नसक्ने र सके गरेर देखाउन चुनौती दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC