site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विप्लवलाई वार्ताका लागि आह्वान गर्दै सरकार
नेत्रविक्रम चन्द ‘विप्लव’ । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीलाई वार्ताका लागि आह्वान गर्ने तयारी गरेको छ । विप्लवले शनिबारमात्रै एक विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको बताएका थिए । लगत्तै सरकारको यस्तो धारणा आएको हो ।

वर्तमान सरकारमा रहेका एक मन्त्रीका अनुसार सरकारले विप्लव समूहलाई औपचारिक रूपमा वार्ता आह्वानको तयारी गरेको छ । एक–दुई दिनभित्रै वार्ता–आह्वान गरिने उनले जानकारी दिए । सरकारले पहिले वार्ताका लागि आह्वान गर्ने र त्यसपछि प्रतिबन्ध फुकुवाको तयारी गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि विप्लव समूह वार्तामा बस्न तयार भए आवश्यक वातावरण बनाउने जानकारी दिए । “उहाँहरू शान्तिपूर्ण धारमा आउन चाहेमा सरकारले आवश्यक सबै वातावरण मिलाउँछ,” ज्ञवालीले बाह्रखरीसँग भने ।

वर्तमान सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता सरकारले विप्लव समूहमाथि धरपकड तीव्र बनाएको थियो । तर, पछिल्लो समय भने सरकारले विप्लव समूहसँग अनौपचारिक वार्ता–संवाद प्रक्रिया अघि बढाएको थियो ।

Global Ime bank

गएको माघ २० गते खानेपानीमन्त्री तथा नेकपा ओली समूहका स्थायी कमिटी सदस्य मणिचन्द्र थापा नख्खु जेलमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश ओली भेट्न पुगेका थिए । सरकारले विभिन्न माध्यमबाट वार्ताको प्रयास गरेपछि विप्लव समूहले पनि वार्तामा बस्न राजी भएको सन्देश पठाएको बुझिएको छ ।

“हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौँ,” विप्लवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC