site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन : विश्वप्रकाश
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको विराटनगरको मन्तव्य पदीय गरिमाविपरीत भएको बताएका छन् ।

शनिबार ट्वीट गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीले अदालत दबाबमा नपरोस् भन्दै चर्को दबाबको अभिव्यक्ति विराटनगरको सभामा राखेको बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘न्यायालयको फैसला स्वीकार्छौँ कहिल्यै नभन्ने र चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन,’’ उनले ट्वीटमा लेखेका छन् ।

शनिबार नेकपा ओपी समूहद्वारा विराटनगरमा आयोजित सभामा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘‘सम्मानित सर्वोच्च अदालतले कुनै हिसाबले कसैको दबाबमा, कुनै अवाञ्छित, दबाबका दुष्प्रयासमा कुनै अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिँदैन । म भन्न चाहन्छु, हामी अब चुनावको तयारीमा छौँ । चुनावमा जाँदै छौँ । अब अस्थिरतातर्फ मुलुकलाई फर्कन दिने होइन । फर्काउने होइन । सम्मानित सर्वोच्च अदालतले देशभरि भइरहेका यस्ता सभाहरूलाई हेरेको होला । यस्ता सभाबाट प्रकट भएको जनताको अभिमत हेरेको होला ।’’

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC