site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘दलहरुले जनतासँग माफी मागेर दलीयकरणको अन्त्य गर्नुपर्छ’
नारायणकाजी श्रेष्ठ । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा सचेत नागरिक बुद्धिजीवी खुलेर नआउँदा नेपालको राजनीति जटिल मोडमा पुगेको शनिबार काठमाडौंमा भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर मुलुकलाई कम क्षति हुनबाट जोगाउन सक्ने तर राजनीतिक दल र नेता नसच्चिने हो भने प्रतिनिधिसभा पुनःस्थापना गरेर पनि केही हुन नसक्ने वक्ताहरुले बताएका छन् । उनीहरुले राजनीतिक दलहरुलाई जनतासँग माफी मागेर अगाडि बढ्न सुझावसमेत दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले निरंकुशता कहिले पनि सकारात्मक नहुने बताए । अहिले केही बुद्धिजीवीहरुले सकारात्मक निरंकुशता ल्याउन सुझाव दिएको उल्लेख गर्दै त्यस्ता बुद्धिजीवीहरुका कारण देश खतरामा रहेको उनले उल्लेख गरे । उनले प्रतिनिधिसभा पुनःस्थापना भएर मात्रै देश अगाडि बढ्न नसक्ने भएकाले अहिले प्रतिनिधिसभाको पक्षमा बोल्नेहरु नै परिवर्तन हुनुपर्ने बताए ।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अदालतले मुलुकलाई हेरेर प्रतिनिधिसभा पुनःस्थापना गरेर जोखिम कम गराउन सक्ने बताए । तर, संविधान रह्यो र संविधानले दिएको व्यवस्थालाई निरन्तरता दिएर जाने हो भने राजनीतिक दलका नेतृत्वहरुमा सबै नागरिकको नेतृत्व लिन सक्ने क्षमता हुनुपर्ने उनले बताए ।

Global Ime bank

राजनीतिक दलहरुले एकपटक जनतासँग माफी मागेर दलीयकरणको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । दलहरुले राज्यको स्रोत–साधनको दुरुपयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको पुनःस्थापनासँगसँगै देशलाई अगाडि बढाउन राजनीतिक दल र शीर्ष नेताहरुले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताए । आफूहरुले राजनीतिक प्रणालीमा नै सुधार गरेर जान खोजेको उनको भनाइ छ । एउटै व्यक्ति नेतृत्वमा कति वर्षसम्म कतिपटकसम्म बस्न पाउने भन्ने कुरामा नयाँ बहस सुरु गर्नुपर्ने उनले बताए ।

उनले अहिले प्रतिनिधिसभालाई पुनःस्थापना गरी ऐतिहासिक राजनीतिक परिवर्तन र संविधानको रक्षा गरेर अगाडि बढ्नुपर्ने लक्ष्य भए पनि सामाजिक र आर्थिक रूपान्तरण गर्ने, सामाजिक न्यायसहितको समृद्ध मुलुक बनाउने, समाजवादको आधार तयार गर्ने र नयाँ ढंगले २१औँ शताब्दीको समाजवादको निर्माणको प्रयोगलाई सफल बनाउन गम्भीर आत्मसमीक्षा गर्नुपर्ने धारणा राखे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  २१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC