site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओलीले देशभर पञ्चभेला गर्दै हिँडे : खनाल
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिँडेको टिप्पणी गरेका छन् ।

ओली नेतृत्वको नेकपाले शनिबार विराटनगरमा गरेको प्रदर्शनलाई संकेत गर्दै उनले देशभर पञ्चभेला गरेको टिप्पणी गरेका हुन् । भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर मुलुकमा प्रतिक्रान्तिको थालनी गरेको र देशभर पञ्चभेला गर्दै हिँडेको बताए ।

Agni Group

उनले आफू भारतमा रहँदा कुनै पनि राजनीतिक भेटघाट नगरेको स्पष्ट पारे । आफ्नो देशको समस्या आफैँ हल गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेकोले अन्य देशका नेताहरुसँग भेटघाट गर्नुपर्ने कुनै कारण नरहेको उनले बताए ।

नेपाली जनता लोकतन्त्र र संविधानको रक्षाका लागि उठिसकेको भन्दै उनले आफूहरुको आन्दोलन सफलतामा नपुगी विश्राम नहुने उल्लेख गरे । भारतमा आफूले एपोलो अस्पतालमा भर्ना भई उपचार गराएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको खनालले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC