site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मुख्यमन्त्री राईलाई भीम आचार्यको चुनौती– प्रदेशसभा भंग गर्ने धम्की नदिनोस्
भीम आचार्य र शेरधन राई । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर–१ का सांसद भीम आचार्यले प्रदेशसभा भंग गर्ने धम्की नदिन मुख्यमन्त्री शेरधन राईलाई चुनौती दिएका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेश सांसद आचार्यले मुख्यमन्त्री राईसँग प्रदेशसभा भंग गर्ने तागत नभएको बताए । मुख्यमन्त्रीले प्रदेशसभाका सभामुख, उपसभामुख र सांसदहरुलाई धम्क्याउने र तर्साउने काम गरिराखेको उल्लेख गर्दै उनले त्यसको कडा प्रतिवाद हुने समेत बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राई संसदबाट भागिरहेको आरोप लगाए । संविधानले नै २५ प्रतिशत सांसदहरुलाई सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने अधिकार दिएको र त्यसलाई प्रक्रियामा लैजानुपर्नेमा संसद् नै बस्न नदिइएको उनको भनाइ छ ।

सरकार आफैँले बोलाएको संसद् आफैँले अवरोध गरिरहेको उनले बताए । आफूहरु प्रतिगमनको विरुद्धमा आन्दोलन गरिरहेको र जनताले समेत साथ दिएकोले प्रतिगमनलाई घुँडा टेकाएर छाड्ने उनले उल्लेख गरे । प्रतिगमनकारी मतियार र समर्थकहरुलाई जसरी पनि ‘ट्रयाक’मा ल्याउने आचार्यले बताए ।

Global Ime bank

प्रदेशसभा बैठक भोलिदेखि लगातार बस्नुपर्ने र अविश्वासको प्रस्तावमा छफफल भई टुंगोमा पुग्नुपर्नेमा उनले जोड दिए । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि अविश्वासको प्रस्तावको पक्षमा साथ दिने आचार्यको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC