site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ मा शुक्रबारबाट शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । नागरिकलाई घरआँगनमा नै स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले नगर प्रमुख महेश खरेलले सो केन्द्रको उद्घाटन गरेका हुन् । 

आन्तरिक व्यवस्थापनमा ल्याइएको सेवा केन्द्र नगरपालिकाकै कर्मचारीलाई व्यवस्थापन गरेर सञ्चालन भएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगर प्रमुख खरेलले प्रत्येक नागरिकको घरघरमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शहरी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको बताए । सो क्रममा उनले ६५ वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई घरघरमा नै पुगेर मुस्कानसहित स्वास्थ्य जाँच गर्ने बताए । 

वडा नं ३ का वडाध्यक्ष सुन्दर अधिकारीले स्वास्थ्य सेवा सुलभ बनाउने उद्देश्यले नागरिकलाई स्वास्थ्यको पहुँच पुर्याउनका लागि वडाको विशेष पहलमा केन्द्र स्थापना भएको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC