site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओखलढुंगाका कांग्रेस नेता दाहालको निधन
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेस ओखलढुंगाका महासमिति सदस्य मित्रसेन दाहालको निधन भएको छ । उनको आज बिहान काठमाडौंमा हृदयाघातबाट निधन भएको हो ।

वि.सं. २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर—४ मा जन्मिएका दाहाल ०७४ सालको प्रदेशसभा निर्वाचनमा ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर–१ को ‘क’मा कांग्रेसको तर्फबाट उमेदवार थिए ।

Agni Group

दाहालले नेपाली कांग्रेसद्वारा सञ्चालित वि.सं. ०४२ को सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवनसमेत व्यतित गरेका थिए । साथै, दाहाल लामो समयदेखि दर्जनौँ सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध संघ–संस्थाहरुमा संलग्न रहँदै आएका थिए ।

दाहालले ओखलढुंगाका करिब तीन हजारसहित देशभरका करिब पाँच हजार विद्यार्थीलाई छात्रवृत्तिमा पठनपाठन गराएका थिए । उनले मैत्री सेवा श्रम नामक ज्येष्ठ नागरिक ग्राम काठमाडौंको लप्सीफेदीमा बनाएका छन् । दाहालका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

Global Ime bank

दाहालको आजै दिउँसो ३ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको कांग्रेसले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC