site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारले दमनकारी क्रियाकलाप गरिराखेको छ : नारायणकाजी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले ज्यादतीपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडाँमा केन्द्रीय कमिटीको अनौपचारिक बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभाको विघटनपछि कामचलाउ बनेको ओली सरकारले कानुनविपरीत ज्यादतीपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताए । यस्तो कदम केही समयको लागि निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हुने उनले उल्लेख गरे ।

‘‘प्रधानमन्त्री र सरकारले आफैँले प्रतिनिधिसभा विघटन गरिसकेपछि स्वतः कामचलाउ सरकारमा परिणत भएको छ । त्यसको विपरीत गैरकानुनी ढंगले ज्यादतीपूर्ण, बलमिच्याइँपूर्ण, दमनकारी क्रियाकलाप गरिराखेको छ । यो केही समयको एउटा निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हो, आचरण मात्रै हो,’’ उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रवक्ता श्रेष्ठले समाजवादउन्मुख समावेसी लोकतन्त्र र त्यसलाई संस्थागत गरेको संविधानको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको र कुनै पनि हालतमा रक्षा गरी छाड्ने पनि बताए । उनले भने, ‘‘हामी संविधान र लोकतन्त्रको रक्षा गर्दै यसप्रकारको दमनकारी क्रियाकलापलाई पूरै बन्द गर्दै र नेपालमा फेरि सामाजिक, आर्थिक रूपान्तरणको एउटा प्रक्रिया अगाडि बढाउन दृढ छौँ ।’’

निर्वाचन आयोगले पार्टीको आधिकारिता दिन ढिलाइ गरेकोप्रति आफूहरु सन्तुष्ट नरहेको पनि प्रवक्ता श्रेष्ठले बताए । तर पनि ढिलोचाँडो संविधान र कानुनअनुसार फैसला गर्ने विश्वास आफूहरुले गरेको उनले बताए । उनले भने, ‘‘निर्वाचन आयोगले ढिलाइ गरेको कुराप्रति हामी सन्तुष्ट छैनौँ । तर पनि संवैधानिक अंगहरु सबैले संविधान र कानुनअनुसार ढिलोचाँडो सही फैसला गर्नेछन् भन्ने अपेक्षा गर्दछौँ ।’’

Global Ime bank

शुक्रबार बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध पार्टीले गरेको आन्दोलनको समीक्षा गरेको छ । प्रवक्ता श्रेष्ठले आन्दोलनको संघर्षमा सत्तासिन गुटबाहेक सिंगो देश एकताबद्ध भएर अगाडि बढिरहेको र सफलताको दिशातिर आन्दोलन बढिरहेको मूल्यांकन बैठकले गरेको बताए ।

सर्वोच्च आदालतले पनि संविधानसम्मत् ढंगले निर्णय गर्ने विश्वास बैठकले गरेको उनले जानकारी दिए । उनले भने, ‘‘छिट्टै सर्वोच्च अदालतले यस सम्बन्धमा विचाराधीन मुद्दाका बारेमा फैसला गर्ने स्थिति आएको छ र हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतले संविधानसम्मत् ढंगले संविधान र लोकतन्त्रलाई रक्षा गर्ने गरी निर्णय गर्नेछ भन्ने विश्वास व्यक्त गरेको छ ।’’

सडक संघर्षको तीन चरणका कार्यक्रम सम्पन्न भएको र कानुनी लडाइसमेत लडिरहेको सन्दर्भमा घोषणा गरिएको सडक संघर्षको चौथो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सिंगो पार्टी परिचालन गर्न निर्देशित गरेको पनि उनले जानकारी दिए ।

यस्तै, पार्टी एकीकरणका काम छिट्टै पूरा गर्ने र त्यसअन्तर्गत प्रदेश कमिटीका पदाधिकारीहरुको पूर्ति, जिल्ला कमिटीका पदाधिकारीहरुको पूर्ति र केन्द्रीय निकायको एकीकरणको कामलाई पूरा गर्ने विषय केही दिनभित्रमा पूर्ण गरिने र त्यसको निम्ति प्रदेश कमिटी र जिल्ला कमिटीले समेत पाएको जिम्मेवारी र अधिकारको बारेमा तुरुन्तै निर्णय गरेर विशेष परिपत्र जारी गरिने जानकारी बैठकमा अध्यक्षद्वयले गराएको प्रवक्ता श्रेष्ठले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC