site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड–नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाएको छ । अहिले बिहान ९ बजे स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

“अहिलेसम्मको परिस्थितिको समीक्षा गर्न बैठक बोलाइएको हो,” उनले बाह्रखरीसँग भने, “अरू नियमित कार्यसूची छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधिसभा विघटनको कदम उठाएपछि सत्तारूढ पार्टी नेकपा विभाजित भएको थियो । विभाजित प्रचण्ड–नेपाल समूह अहिले सडक आन्दोलनमा छ । चौथो चरणको आन्दोलन गरिरहेको छ । आजको बैठकमा आन्दोलनको समीक्षा गरिने उनले बताए ।

यसैबीच, निर्वाचन आयोगले म्याद गुजारेर आधिकारिकता दाबी गरेकाले अहिले कारबाही गर्न नमिल्ने बताएपछि प्रचण्ड–नेपाल समूहले बहुमत सदस्यहरू नागरिकतासहित उपस्थित गराउने तयारी गरेको छ ।

Global Ime bank

एक सचिवालय नेताका अनुसार आयोगले आधिकारिकता दिन आलटाल गरेपछि बहुमतसिद्ध गर्न खोजिएको हो । “हामीले नागरिकताको प्रतिलिपि बुझाउन लागेका हौँ । केन्द्रीय सदस्यहरू उपस्थित हुनुपर्छ कि पत्र बुझाए पनि हुन्छ, आयोगले जे भन्छ, त्यहीअनुसार गर्छौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC