site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड–नेपाल समूहले केन्द्रीय सदस्यहरूलाई काठमाडौं बोलायो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज मध्याह्न १२ बजे केन्द्रीय कमिटीका सदस्यहरूलाई पार्टी कार्यालय पेरिसडाँडा बोलाएको छ ।

नागरिकताको प्रतिलिपि बोकेर पार्टी कार्यालय आउन भनेपछि उपत्यकाबाहिर रहेका केन्द्रीय कमिटीका सदस्यहरू अहिले काठमाडौं आउँदै छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्रीय सदस्य ठाकुर गैरेले शुक्रबार १२ बजे उपस्थित हुन खबर गरिएकाले बर्दियाबाट काठमाडौं आउन लागेको बताए । “केन्द्रीय कार्यालयमा आउनुपर्‍यो भनेर खबर गरिएकाले म काठमाडौं आउँदै छु,” उनले बाह्रखरीसँग भने, “प्रयोजन खुलाइएको छैन ।

स्रोतका अनुसार निर्वाचन आयोगले म्याद गुजारेर आधिकारिकता दाबी गरेकाले अहिले कारबाही गर्न नमिल्ने बताएपछि प्रचण्ड–नेपाल समूहले बहुमत सदस्यहरू आयोगमा नागरिकतासहित उपस्थित गराउने तयारी गरेको छ ।

Global Ime bank

एक सचिवालय नेताका अनुसार आयोगले आधिकारिकता दिन आलटाल गरेपछि बहुमतसिद्ध गर्न खोजिएको हो । “हामीले नागरिकताको प्रतिलिपि बुझाउन लागेका हौँ । केन्द्रीय सदस्यहरू उपस्थित हुनुपर्छ कि पत्र बुझाए पनि हुन्छ, आयोगले जे भन्छ, त्यहीअनुसार गर्छौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC