site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस वरिष्ठ नेता पौडेल साताव्यापी पूर्वी तराइको भ्रमणमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणमा निस्कने भएका छन् । पौडेलले पूर्वी तराईका जिल्लाको भ्रमणका लागि आजै विहान सवा ८ वजे बुद्ध एयरको विमानबाट विराटनगर जाने कार्यक्रम तय भएको छ । पौडेल आजदेखि १३ गतेसम्म पूर्वी र मध्य तराईका जिल्लाको भ्रमण गर्न कार्यक्रम तय भएको उनका निजी सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए । पौडेल आज आज सुनसरीको धरान पुग्ने छन् । पौडेलले धरान उपमहानगरपालिका कार्यक्रममा सहभागि भएपछि सोही उपमहानगरपालिकामा निर्माण भएको बीपी पार्कको उद्घाटन गर्ने कार्यक्रम छ । 

फागुन ८ गते सुनसरीको सदरमुकाम इनरुवामा विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पौडेलले फागुन ९ गते इटहरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

Prabhu Bank
Agni Group
NIC Asia

इटहरीमा भेटघाट सकेर पौडेल फागुन ९ गते सप्तरीको राजविराज पुग्ने छन् । फागुन १० गते सप्तरीका सवै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन् । सिरहा र सप्तरीको सवै कार्यक्रममा हुलाकी राजमार्ग क्षेत्रमा केन्द्रीत हुने बताइएको छ । सप्तरीमा विभिन्न पार्टी छोडी कांग्रेस प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । 

सिरहामा पौडेलले फागुन ११ गते आयोजित सिरहाका सवै निर्वाचन क्षेत्रमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै फागुन १२ गते पौडेलले धनुषामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

Global Ime bank

पौडेल प्रदेश १ र प्रदेश २ का विभिन्न जिल्लाहरुमा आयोजित आमसभालाई सम्बोधन गरी फागुन १३ गते काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । वरिष्ठ नेता पौडेलले सोही क्षेत्रका जिल्ला दौडाहा गर्नुलाई चासोका साथ हेरिएको छ । 

प्रधानमन्त्री केपी ओलीले पुस ५ मा संसद विघटन गरेपछि पौडेल विगतको तुलनामा बढी सक्रिय भएका छन् । संसद पुनःस्थापना  हुनुपर्ने पौडेलको माग छ । पौडेलकै दबाबमा नेपाली कांग्रेस संसद विघटनविरुद्ध सडक आन्दोलनमा उत्रिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  ०७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC