site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
घाटामा गएर बन्द भएको ३४ तले ‘ट्रम्प क्यासिनो’ यसरी ध्वस्त पारियो 
Sarbottam CementSarbottam Cement

बीबीसी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले स्थापना गरेका ‘द ट्रम्प प्लाजा होटेल एन्ड क्यासिनो’ लगातारको घाटापछि २०१४ मा बन्द भएको थियो । एट्लान्टिक सहरको न्युजर्सीमा रहेको सो क्यासिनोलाई सरकारी अधिकारीहरूले निकटतम खतरा बताउँदै आएका थिए । 

यस्तोमा बुधबार यो भवन विस्फोट गर्दा अवलोकनकर्ताहरूले उत्साहित हुँदै हेरेका हुन् । नजिकका होटेलहरूले यो दृश्य हेर्नका लागि विशेष प्याकेज ल्याएका थिए जसमा कतिले त राम्रो ठाउँबाट हेर्न ५७५ डलरसम्म तिरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ट्रम्प प्लाजा १९८४ मा उत्घाटन गरिएको थियो तर २०१४ मा बन्द भएदेखि सो भवन अव्यवस्थित रूपमा रहँदै आएको थियो । कङ्गाल भई थुप्रै मुद्दा परेको ट्रम्प प्लाजा होटेल र क्यासिनो कुनै समय पूर्वराष्ट्रपति ट्रम्पको घरजग्गा पोर्टफोलियोको मुख्य हिस्सा मानिन्थ्यो जससँग उनले २००९ मा सबै सम्बन्ध तोडेका हुन् ।
 
हाल अर्बपति लगानीकर्ता कार्ल इक्हान त्यस क्षेत्रका मालिक हुन् र उनले भवन भत्काइसकेपछिको आगामी योजनाबारे केही जानकारी दिएका छैनन् । यसलाई भत्काउन तीन हजार विस्फोटक, ‘डाइनामाइट’ को प्रयोग गरिएको हो । भवन ३४ तलाको भएको न्युयोर्क टाइम्सको रिपोर्टले जनाएको छ तर यसलाई ध्वस्त हुन केही सेकेन्ड मात्र लागेको हो ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  ०६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC