site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तोकिएकै मितिमा निर्वाचन गर्न आयोग प्रतिबद्ध छ : थपलिया 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै मितिमा निर्वाचन गर्न आयोग प्रतिबद्ध रहेको बताएका छन् ।

पाँचौं निर्वाचन दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै वैशाख १७ र २७ गते तय भएको प्रतिनिधिसभा निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन पनि आह्‍वान गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

"२०७८ वैशाख १७ गते पहिलो चरणमा प्रदेश २ , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका ४० जिल्ला र २०७८ वैशाख २७ गते दोस्रो चरणमा प्रदेश १, वाग्मती प्रदेश  तथा कर्णाली प्रदेशका ३७ जिल्लामा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको कुरा स्पष्ट गर्दै पाँचौं निर्वाचन दिवस २०७७ लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण निकाय, संघ संस्था तथा महानुभावहरूप्रति हार्दिक आभार प्रकट गर्दछु, " विज्ञप्तिमा भनिएको छ ।

आयोगले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी बनाउने प्रतिबबद्धता व्यक्त गरेको छ ।

Global Ime bank

निर्वाचनका लागि मतदान स्थल एवं मतदान केन्द्रहरू सुरक्षित, व्यवस्थित र पूर्वाधार सुविधायुक्त बनाउने गरी पुनरावलोकन गर्ने कार्य अन्तिम चरणमा पुगेको विज्ञप्तिमा जनाइएको छ । निर्वाचन कार्यक्रमको तयारी, निर्वाचन आचारसंहिता तर्जुमा, खरिद योजना तयारी, निर्वाचन सामग्री व्यवस्थापनको खरिद प्रक्रिया आरम्भ, बजेट अनुमान र आर्थिक कार्यविधि तर्जुमा, निर्वाचन सुरक्षा योजनाको तयारी, मतदाता शिक्षा तथा तालिम सम्बन्धी स्रोत सामग्रीको तयारी, निर्वाचन अनुगमन तथा पर्यवेक्षणसम्बन्धी कार्यविधिको तर्जुमा, मतदान कार्यमा खटिने कर्मचारी अभिमुखीकरण तथा तालिम सामग्रीको व्यवस्था, निर्वाचनका लागि अन्तर्राष्ट्रिय सहयोगलगायतका कार्यहरू व्यवस्थित एवं योजनाबद्ध रूपमा भइरहेका पनि उनले जानकारी गराएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  ०६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC