site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोभिड खोपको स्पष्ट खाकासहित स्वेतपत्र सार्वजनिक गर्न सरकारसँग कांग्रेसको माग (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले कोभिड-१९ विरुद्धको खोप लगाउन स्पष्ट खाकासहितको स्वेतपत्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

कोभिड-१९ विरुद्धको खोप लगाउने विषयमा सरकार गम्भीर नभएको भन्दै कांग्रेसले सबै जनतालाई खोपको सुनिश्चितता दिनेगरी कार्ययोजना सहितको स्वेतपत्र सार्वजनिक गर्न माग गरेको हो । कांग्रेस सह-महामन्त्री प्रकाशशरण महतले स्पष्ट खाकासहितको विस्तृत कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् । खोप खरिद गर्नुपर्ने खण्डमा खरिद प्रक्रिया पारदर्शी हुनुपर्ने र त्यसको विश्वसनियताको विषयमा जनतालाई सुनिश्चित गर्न जरुरी रहेको पनि बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, "खोप खरिद गर्नुपर्ने खण्ड छ भने त्यो खरिद प्रक्रिया पनि पारदर्शी, सुरक्षा र विश्वसनीयताबारे पनि नेपाली जनतालाई सुनिश्‍चित गर्न जरुरी छ । त्यसको सुस्पष्ट खाकासहितको विस्तृत समयकालीन कार्यतालिकासहित, स्रोतसहितको कार्ययोजना सरकारले सार्वजनिक गर्नुपर्छ । यो हामी माग गर्छौं ।"

Global Ime bank

खोप लगाउने विषयमा सरकार गम्भीर नभएको पनि सह-महामन्त्री महतले बताए । भारतले १० लाख खोप निःशुल्क दिएको र सो खोप दिन थालिए पनि पारदर्शी कार्ययोजना आउन नसकेको महतको भनाइ छ । उनले भने, "पछिल्लो दिनमा खोप विभिन्न संस्थाहरुले तयार गरेका छन् त्यो खोप नेपालमा खोप लगाउने विषयमा सरकार गम्भीर भइराखेको छैन । भारतले १० लाख निःशुल्क दिएको कुरा छ र त्यो खोप दिन थालिएको भनिएको छ । तर पारदर्शी कार्ययोजना आएको छैन । सरकारले प्रस्तुत गरेको छैन ।"

सबैभन्दा पहिला अग्रपंतिमा काम गर्नेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने कुरा ठीक भए पनि ज्येष्ठ नागरिकलाई कसरी खोप दिने भन्ने कुराको कार्ययोजना ल्याउन नसकेको बताए । निःशुल्क खोप कहाँकहाँबाट आउँदै छ र रकम तिरेर ल्याउने कार्ययोजना के छ भन्ने विषयलाई सरकारले स्पष्ट पार्नुपर्ने पनि सह-महामन्त्री महतले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  २१:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC