site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चन्द्रपुरमाथि वालिङको जित, ३-० ले विजयी
Ghorahi CementGhorahi Cement

काठमाडौं । महिला राष्ट्रिय लिगमा बिहीबार चन्द्रपुर नगरपालिकामाथि ३-० को सहज जित निकाल्दै वालिङ नगरपालिकाले लिगमा सुखद अन्त्य गरेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा वालिङलाई जित दिलाउन हिमा रावत, अमिशा कार्की र मेथो रुथले एक-एक गोल गरे ।

Agni Group

१७औं मिनेटमा मिडफिल्डर हिमाले गरेको गोलमा वालिङले अग्रता लिएको थियो । ४७औं मिनेटमा मिथोले बललाई जाली चुमाउँदै वालिङको अग्रता दोब्बर पारेकी थिइन् । त्यसको ७ मिनेटपछि अमिशाले वालिङको अग्रता ३-० मा पुर्‍याएकी थिइन् ।

जितसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङले १२ खेलमा १७ अंक जोडेको छ । चन्द्रपुर ९ अंक जोडेर छैटौं स्थानमा छ । लिगमा उपाधि भने एपीएफले जितिसकेको छ । महिला लिगमा शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेल एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब र चौदण्डीगढी नगरपालिका तथा दशरथ रंगशालामा हुने लिगको अन्तिम खेल एपीएफ र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC