site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
टुँडिखेलमा नेकपाको मानव साङ्लो (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहको नेकपाले तीन चरणका विरोध तथा संघर्षका कार्यक्रम सम्पन्न गरिसकेको छ । चौथो चरणको संघर्षको कार्यक्रमअन्तर्गत बिहीबार काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेरेर प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरोध गरेको हो । नेकपा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य तथा केन्द्रीय संघर्ष समितिका सह-संयोजक योगश भट्टराईले प्रतिगमन तथा असंवैधानिक कदमविरुद्ध टुँडिखेलमा मानव साङ्लोले घेरिएको बताए ।

मानव साङ्लोमा नेकपाका नेता, कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रममा प्रतिनिधिसभाको असंवैधानिक कदम खारेज गर, भ्रष्टाचारीलाई कारबाही गर, बलात्कारीलाई कारबाही गर, प्रतिगमन मुर्दावादलगायत विभिन्न प्लेकार्ड तथा ब्यानरहरु प्रस्तुत गरिएका थिए भने नेता कार्यकर्ताहरुले पार्टीको झन्डा र सुर्य चिह्‍न पनि बोकेका थिए ।
-हेरौं थप तस्बिर :

Prabhu Bank
Agni Group
NIC Asia

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC