site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
देउवाले भने- आन्दोलन गर्न हामीसँग पैसा छैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलन गर्न आफूसँग पैसा नभएकाले अदालतको आदेश कुरिरहेको बताएका छन् । नेपाल मगर संघ गण्डकी प्रदेशको सम्मेलनको उद्घाटनका लागि पोखरा पुगेका देउवाले बिहीबार यस्तो बताएका हुन् ।

“हामीसँग पैसा पनि छैन । जबरजस्ती आन्दोलनमा बोलाउन पनि सक्दैनौं,” सभापति देउवाले भने, “क्रियाशील लिने बेलामा मारामार हुन्छ, भोलि आन्दोलनमा क्रियाशील मात्र आऊ न भन्यो भने कोही आउँदैनन् ।" देउवाले यसो भनिरहँदा विगतमा कांग्रेसले गरेका त्यति ठूला आन्दोलन पैसाकै बलमा भएका थिए ? भनेर प्रश्न उठेको छ । सँगसँगै उनको भनाइबाट पैसा लिएर मात्र जनता आन्दोलनमा सहभागी हुन्छन् त ? भन्ने प्रश्न पनि उठेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

देउवाले ‘हठात् प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुवीकरणमा लगेको’ भनेर आक्रोश  पोखेका छन् । देश ‘संसद् पुन:स्थापना’को पक्ष/विपक्षमा बाँडिएको भन्दै आक्रोश पोखेका उनले यसको निकास सर्वोच्चबाटै हुने बताए ।

पैसा नभएका कारण र आफ्नै क्रियाशील सदस्यहरुसमेत आन्दोलनमा नआउने भन्दै सभापति देउवाले निरिहता प्रस्तुत गरे । उनले अदालतबाट आउने फैसला स्वीकार गर्ने र संसद् पुन:स्थापना भए सदनमा र नभए चुनावमा जाने बताएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC