site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्यमा झर्दै, विज्ञ भन्छन्– जोखिम कायमै छ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा कोभिड–१९ का कारण फागुन पहिलो साता एकजनाको मात्रै मृत्यु भएको छ । माघ पहिलो साताबाट ओरालो लागेको मृत्युदर माघ १५ गते पाँच महिनाकै कम अर्थात शून्यमा झरेको थियो । त्यसयता तीनदेखि ६ जनाको हाराहारीमा रहेको मृतकको संख्या फागुन पहिलो साता ३ गतेबाहेक लगातार शून्य छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसलाई कोभिड–१९ को नियन्त्रणमा नेपाल सफल भएको रूपमा दाबी गरेको छ । विज्ञहरुले मृत्युदर कम भए पनि जोखिम कायमै रहेको बताउँदै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पुसयताको तथ्यांक 
असोजको पहिलो सातादेखि मंसिर अन्तिम साता नेपालमा कोभिड–१९ को महामारी उच्च भएको थियो । उक्त अवधिमा नेपालमा कोभिड–१९ का कारण सबैभन्दा धेरै अर्थात एक हजार ३४७ जनाले ज्यान गुमाए । त्यसपछि नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार ७३० पुग्यो । तीन महिना उच्च विन्दुमा पुगेको कोरोना संक्रमणको दर पुस लागेपछि भने घट्दै गयो । पुसको पहिलो साता सात हजारको हाराहारीमा परीक्षण भएकामा ७४२ संक्रमित भेटिए । जसमध्ये सातजनाको मृत्यु भयो । पुस ७ गते तीन महिनाकै सबैभन्दा कम तीन संक्रमितको मृत्यु भयो । पुसमा कोरोना संक्रमणका कारण १९४ जनाको मृत्यु भएकामा नयाँ संक्रमित भने १५ हजार २२२ थपिए । पुसमा सरकारले एक लाख ४७ हजार ८८३ जनाको पीसीआर परीक्षण गरेको थियो ।

त्यसैगरी, माघ महिनामा संक्रमितको संख्या पुसको तुलनामा घटेको छ । माघ ५ गतेसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ६७ हजार ६४४ पुगेको थियो । जसमा माघ १ देखि ५ गतेसम्म नेपालमा एक हजार १०१ जना नयाँ संक्रमित थपिए भने २२ जनाको मृत्यु भयो । माघको दोस्रो साता पनि मृतकको संख्या दैनिक दुईदेखि सातको हाराहारीमा रहेको थियो । कोरोना संक्रमणका कारण पाँच महिनायता पहिलोपटक माघ १५ गते मृतकको संख्या शून्य रह्यो । त्यसयता संक्रमितको संख्या दैनिक १३० देखि २०० को हाराहारीमा रहँदै आएको छ भने मृतकको संख्या दुईदेखि तीनको हाराहारीमा छ । माघ १५ देखि ३० गतेसम्म चारपटक अर्थात माघ महिनामा चार दिन शून्य मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

Global Ime bank

फागुन १ गते शून्य मृत्यु भए पनि ३ गते कोभिडका एकजना बिरामीको मृत्यु भएको तथांक छ । त्यस्तै, आज तीनजना संक्रमितको मृत्यु भएसँगै फागुन पहिलो साता मृतकको संख्या चार पुगेको छ । हालसम्म नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या दुई हजार ५८ पुगेको छ ।

जोखिम कायमै छ, सतर्क रहनुपर्छ
कुनै समय आइसोलेसन शय्यासम्म खाली नहुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले नौजना कोभिडका बिरामी भर्ना छन् । अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाका अनुसार पछिल्लो समय भर्ना हुने बिरामी जटिल अवस्थाका छैनन् ।

कोभिड–१९ संक्रमण उच्च विन्दुमा पुगेको समयमा मानिसहरु संक्रमण छिप्पिइसकेपछि मात्रै भर्ना हुन आएकाले धेरैको मृत्यु भएको उनको अनुभव छ । समुदायस्तरमा संक्रमण नियन्त्रणमा भएकाले मृत्युदर पनि घटेको डा. बास्तोला बताउँछन् । तर, भाइरसले आफनो रूप परिवर्तन गर्दै गएकाले संक्रमणको जोखिम भने कयमै रहेको उनी बताउँछन् । कोभिड–१९ विरुद्धको खोप लिइसकेका व्यक्तिले पनि मास्क लगाएर हिँड्न र सामाजिक दूरी भने कायमै राख्न डा. बास्तोलाको सुझाव छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC