site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चिकित्सकको परामर्श शुल्क तत्काल वृद्धि नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओपीडी सेवामा चिकित्सकहरुको परामर्शवापत्को शुल्क तत्काल वृद्धि नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

बुधबार प्राइभेट हेल्थ इन्स्टिच्युसन एसोसिएसन (अफिन) र नेपाल चिकित्सक संघले शुल्क वृद्धिको एकलौटी निर्णय गरेको भन्दै तत्काल शुल्क नबढाउन निर्देशन दिएको हो ।

Agni Group

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै संघले गरेको शुल्क वृद्धिको निर्णयप्रति ध्यानाकर्षण भएको बताए । शुल्क वृद्धिका विषयमा संघ र मन्त्रालयबीच छलफल भएको तर मन्त्रालयले अन्तिम निर्णय नगरिसकेको अवस्थामा शुल्क वृद्धि गर्न नमिल्ने उनले उल्लेख गरे । सरकारले २०७१ भदौ १ गते निर्धारण गरेकै शुल्क कायम राख्न अस्पतालहरुलाई मन्त्री त्रिपाठीको निर्देशन छ ।

बुधबार प्राइभेट हेल्थ इन्स्टिच्युसन एसोसिएसन (अफिन) र नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ति जारी गर्दै कार्यानुभवको आधारमा अस्पतालहरुमा चिकित्सकको ओपीडी परामर्श शुल्क बढाउने निर्णय गरेको थियो । निजी क्षेत्रका चिकित्सकहरुको तलब वृद्धि गर्ने विषयमा भने सहमति गर्न सकिने मन्त्री त्रिपाठीको भनाइ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC