site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालले प्रयोग अनुमति दिएको सिनोर्फामको खोप कस्तो हो  ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप आयातका लागि बुधबार नेपाल सरकारले चीनको सिनोर्फाम नामक कम्पनीलाई अनुमति दिएको छ । सिनोर्फाम चीनको सरकारी खोप उत्पादक कम्पनी हो । यसले उत्पादन गरेको कोभिड–१९ विरुद्धको बीबीआईबीपी कोर भी नामक खोप अहिले विश्वका १० वटा मुलुकमा प्रयोग भइरहेको छ ।

यो खोप सन् २०२० को सुरुवातमा बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले विकास गरेको खोप हो । सोही खोपलाई चीन सरकारको सिनोर्फाम नामक कम्पनीले उत्पादन गरी अहिले विश्वका विभिन्न मुलुकले प्रयोग गरिरहेका छन् । बीबीआईबीपी कोर भीको पहिलो चरण परीक्षण चीनमा २०२० जनवरी पहिलो सातादेखि जुनमा गरिएको थियो । जुलाईमा यसको दोस्रो चरणको परीक्षण यूएईका विभिन्न राज्यका गरिएको थियो भने तेस्रो चरणको परीक्षण अगस्टमा मोरक्को र पेरुका नागरिकमा गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तेस्रो चरणको परीक्षणमा यो खोपको प्रभावकारिता ७९.३४ प्रतिशत देखिएपछि सन् २०२० डिसेम्बर ३० मा चीन सरकारले बीबीआईबीपी कोर भीलाई प्रयोग अनुमति दिएको थियो । यसअघि नै सेप्टेम्बर १४ मा यूएईले यो खोपलाई आपत्कालीन प्रयोगको मान्यता दिएको थियो भने चीनका नागरिकमा नोभेम्बरको पहिलो साताबाट यो खोप दिन सुरु गरिएको थियो । नोभेम्बरदेखि नै चीनले यो खोप अन्य मुलुकहरुमा पठाउन थालिसकेको थियो ।

सिनोर्फमले उत्पादन गरेको खोप तीन हप्ताको फरकमा दुई डोज दिनुपर्ने हुन्छ । हाल बहराइन चीन र यूएईमा यो खोप प्रयोग भइरहेको छ भने कम्बोडिया, इराक, जोर्डन, पाकिस्तान, पेरु हंगेरी, इजिप्टमा आपत्कालीन प्रयोगको अनुमति पाएको छ । साबेरिया, सिसेल्समा सीमित मात्रामा प्रयोग भइरहेको छ । यही खोपलाई नेपालले १७ फेब्रुअरीमा आपत्कालीन प्रयोगको मान्यता दिएको हो । नेपाललाई सिनोर्फामले पाँच लाख डोज कोभिड–१९ विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने सहमति भएको छ । स्रोत : भ्याक्सिन ट्र्याकर र दी न्युयोर्क टाइम्स

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC