काठमाडौं । वैदेशिक रोजगारी खुलेसँगै अन्तर्वार्ताका लागि नेपाली युवाहरुको भिड बढेको छ । कोभिड-१९ को महामारीका कारण नेपाली युवाहरु वैदेशिक रोजगारीमा जान पाएका थिएनन् ।
काठमाडौंको चुच्चेपार्टीस्थित ह्यात होटेलको गेटअगाडि नेपाली युवाको आज (बुधबार) भिड देख्न सकिन्थ्यो । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति खुला गरेसँगै रोजगारीमा जानेको संख्या वृद्धि भएको हो । विगत एक वर्षदेखी कोरोनाका कारण वैदेशिक रोजगारी प्रभावित हुँदा युवाहरु नेपालमै रोकिएका थिए ।
मलेसिया ५ वर्ष काम गरेका ललितपुर चौघरेका सुवास थिङ पनि चाबहिलमा वैदेशिक रोजगारीका लागि अन्तर्वार्ता लिइरहेको लाइनमा भेटिए ।
त्यसैगरी ललितपुरकै सविन थोकर पनि पाँच घण्टादेखि लाइनमै थिए । उनी पनि अन्तर्वार्ताका लागि पालो कुरिरहेका थिए ।
संयुक्त अरब इमिरेट्सको पेट्रोल पम्प र कफी सपलगायत क्षेत्रमा कामका लागि ११ सयजनाको आवेदन माग भएको थियो । सोही कम्पनीका लागि आवेदन दिन अहिले ह्यात होटलको गेटमा झन्डै पाँच हजार जनाभन्दा धेरै युवाको भिड लागेको थियो । हेरौं थप तस्बिर :