site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
'नयाँ पुस्तालाई आकर्षित गर्न पत्रकारको श्रमको सम्मान आवश्यक' (भिडियोसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल पत्रकार महासंघको बुधबार २६औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागु गर्न र साना लगानीको सञ्चारमाध्यमहरुको उठाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । जनतालाई सुसूचित गर्दै नागरिक आन्दोलनको पक्षमा उभिने तथा लोकतन्त्रको रक्षाका निम्ति पहरेदारी गर्ने पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गर्न पत्रकारहरुको श्रमको सम्मान हुने व्यवस्थाको सुनिश्चितता गर्नु जरुरी रहेको उनको भनाइ छ ।

Agni Group

उपराष्ट्रपति पुनले पत्रकारिताको विश्वसनीयताबारे प्रश्न उठ्न थालेको पनि बताए । सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियतालगायत विषयमा सञ्चार क्षेत्रले ध्यान दिनुपर्ने कुरा संविधानमै उल्लेख भएको बताउँदै उनले पत्रकार आचारसंहितासमेत रहेको अवस्थामा कानुनहरु प्रेसमैत्री बनाउन पनि ध्यानाकर्षण गराए ।

उपराष्ट्रपति पुनले नेपालको राजनीतिक परिवर्तनमा पत्रकार महासंघको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति संविधानलाई स्वस्थ राख्नुपर्ने उनको भनाइ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC