site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विघटनको पक्षमा वरिष्ठ अधिवक्ता मैनालीको राय– अदालतले नेकपा एक ठाउँमा छ भन्ने मान्नुपर्छ 
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । अदालतको सहयोगी (एमिकस क्युरी)मा रहेका वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले नेकपा अहिले पनि एक ठाउँमा रहेको मान्नुपर्ने राय राखेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दामा इजलासले राय लिन गठन गरेको एमिकस क्युरीमा रहेका उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई विघटनको अधिकार हुने बताए । अहिलेको विघटन असंवैधानिक भएको भन्दै दायर रिटमाथि जारी बहसमा राय राख्दै मैनालीले प्रधानमन्त्रीसँग विघटनको अधिकार हुने जिकिर गरिरहेका छन् ।

Agni Group

पार्टीभित्रको विवादका कारण प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने उनको राय थियो । प्रधानमन्त्रीले लिखित जवाफमा पार्टीभित्रैबाट असहयोग भएकाले विघटन गरेको बताएका थिए । रिट निवेदकले पार्टीभित्रको विवादको सिकार संसद्लाई बनाउन नमिल्ने जिकिर गरेका थिए ।

उनले आज राय राख्दै नेकपा आधिकारिक रूपमा विभाजित नभएकाले पार्टी एक ठाउँमा रहेको मान्नुपर्ने पनि बताए । उनले केपी शर्मा ओली बहुमतको प्रधानमन्त्री रहेको भन्दै प्रतिनिधिसभा विघटनको बेलामा उनले बहुमत नगुमाएको तर्क गरे । सरकार गठन हुँदा संविधानको धारा ७६(२) को भए पनि पछि दुई पार्टी एकीकरण भएपछि ७६ (१) मा रूपान्तरण भएको बताए ।

Global Ime bank

न्यायाधीशको प्रश्न– संविधानको भाषा हेर्ने कि अन्तर्राष्ट्रिय अभ्यास ? 
न्यायाधीश सपना मल्ल प्रधानले प्रतिनिधिसभा विघटनकमाथि उठेका प्रश्नमा संविधानको भाषा हेर्ने कि अन्तर्राष्ट्रिय अभ्यास हेर्ने भन्दै प्रश्न गरेकी छन् ।

एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई विघटनको अधिकार हुने अन्तर्राष्ट्रिय अभ्यासबारे चर्चा गरिरहँदा प्रधानले प्रश्न गरेकी हुन् । जवाफमा उनले संविधान र फैसला नै हेर्नुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC