



काठमाडौं । लोक साहित्य तथा संस्कृति अन्वेषक तुलसी दिवसको प्रसिद्ध लोककथा सङ्ग्रह ‘नेपाली लोककथा’ सार्वजनिक भएको छ !
बुक–हिल पब्लिकेसनले ‘क्लासिक सेरिज’ अन्तर्गत प्रकाशन गरेको यस पुस्तकमा नेपालका विभिन्न भू–भागमा बसोबास गर्ने विविध जातिहरू तथा नेपालबाहिर बसोबास गर्ने नेपालभाषीका जनजीवनमा प्रचलित १२२ लोककथा सङ्ग्रहण गरिएका छन् ।
पुस्तकबारे लेखक, सङ्कलक तथा सम्पादक तुलसी दिवस भन्छन्, “पञ्चायतकालमा सत्ताको कहर खप्दै करिब एक दशकभन्दा लामो समय लगाएर सङ्कलन र सम्पादन गरिएको यो पुस्तकमा लोककथाको स्थान, जाति, वर्ग, भाषा आदिको आधारमा विश्वप्रसिद्ध लेखक र चिन्तकका सिद्धान्तलाई आधार मान्दै वैज्ञानिक विश्लेषण र वर्गीकरण गर्ने कोसिस गरेको छु ।”
पुस्तकलाई बुक हिल पब्लिकेसनले सार्वजनिक गरेको हो ।





प्रतिक्रिया दिनुहोस्