site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चिकित्सकको ओपीडी परामर्श शुल्क बढ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । अस्पतालहरुको बहिरंग विभाग (ओपीडी)मा सेवा दिने चिकित्सकहरुकोे परामर्श शुल्क वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहमतिअनुसार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को आज बसेको बैठकले शुल्क बढाउने निर्णय गरेको हो ।

बैठकले आजदेखि लागु हुने गरी ओपीडी विभागमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ रुपैयाँसम्म शुल्क लिन पाउने गरी निर्णय गरेको छ । शुल्क वृद्धिबारे मन्त्रालयसँग अफिन र चिकित्सक संघको गएको माघ ४ गते सहमति भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ शुल्कअनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस डाक्टरले ३७० रुपैयाँ, पाँच वर्षभन्दा माथि अनुभव भएकाले ४५० रुपैयाँ ओपीडी शुल्क लिन पाउने छन् । त्यस्तै, एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका चिकित्सकले ५१५ रुपैयाँ र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्क लिन पाउने छन् । एमडीएमएस र एमडीएस चिकित्सकहरुको हकमा भने पाँच वर्ष अनुभव नभएकाले ६६० रुपैयाँ  र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ७०० रुपैयाँ लिन पाउने भएका छन् ।

डीमए तथा एमसीएच गरेका डाक्टरको हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ७७० रुपैयाँ र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ८२५ रुपैयाँ लिन पाउने भएका छन् । यस्तै, १० वर्षभन्दा बढी अनुभव भएका एमडीएमएस र एमडीएस डाक्टरले ८२५ रुपैयाँ शुल्क लिन पाउने भएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC