site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिरमले पहिल्यै भुक्तानी मागेपछि ऐनका दफा निलम्बन गरेर खोप ल्याइँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ ।

मंगलबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद ऐनका केही दफा निलम्बन गरेर खोप ल्याउने र भुक्तानी प्रक्रिया सहज गराएको जनाएको छ ।

सार्वजनिक खरिद ऐनअनुसार खरिद सम्झौतापश्चात २० प्रतिशतभन्दा बढी दिन नपाइने गरी पेस्की दिन सकिने छ । तर सिरमले सरकारसँग पछि रकम लिन झन्झटिलो हुने हुँदा अग्रिम भुक्तानी भए मात्र खोप दिने सर्त राखेपछि दफा निलम्बन गर्नुपरेको स्रोतले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

थप ४० लाख जनतालाई पुग्ने खोप खरिदका लागि भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया र अन्य विभिन्न कम्पनीसँग जिटुजी प्रक्रियामार्फत् प्रक्रिया अघि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

नेपालमा २० लाख डोज खोप भारतबाटै ल्याउने लक्ष्यका साथ सरकारले प्रक्रिया अघि बढाएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताए । 

Global Ime bank

खोप शूल्कबारे नेगोसिएसन भइरहेको छ 

अहिले प्रयोग भइरहेकै कोभिशिल्ड खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग पत्राचार गरेको थियो । 

प्रतिडोज ४ डलरका दरले सिरमले २० लाख डोज खोप उपलब्ध गराउन सक्ने तर खोप शूल्कको ८० प्रतिशत रकम पेश्कीस्वरुप उपलब्ध गराउनुपर्ने शर्त राखेपछि स्वास्थ्य मन्त्रालयले यो प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन् “अहिले यही कम्पनीबाट ल्याउने भन्ने निश्चित भएको छैन, केही कम्पनीले ८० प्रतिशत पेश्की रकम माग गरेका छन् भने केहीले त्योभन्दा कम पनि मागेका छन् । अहिले तिनै कम्पनीहरुबीच नेगोसिएसनको काम हामी गरिरहेका छौं ।” 

तर कृषि मन्त्री पद्मा अर्यालले बाह्रखरीसँग कुरा गर्दै भारतबाट खोप खरिद गर्ने निर्णय गरिएको बताएकी छन् ।

‘खोप खरिदका लागि आवश्यक रकमको व्यवस्था गरिसकिएको र आवश्यक परेको जुनसुकै समयमा उपलब्ध गराइने’ अर्थ मन्त्रालयका प्रवक्ता रामप्रसाद घिमिरेले बताए । 
 

दोस्रो डोज खोप दिने समयसम्म थप खोप ल्याउने 

कोभिड १९ विरुद्धको खोप पहिलो चरणको अभियान माघ १४ गते सुरु गरिएको थियो । दोस्रो डोज खोप भने फागुन २४ गतेबाट दिने योजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  गरेको छ । 

‘दोस्रो डोज खोप दिन सुरु गर्दासम्म थप २० लाख डोज खोप ल्याइसक्ने’ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताएका छन् । 

कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपालमा मार्चको पहिलोसाता खोप आउने योजना भएपनि त्यसअघि सरकारले नै खोप खरिद गरेर ल्याउने राज्यमन्त्री रावतले दाबी गरे । 

दोस्रो चरणको प्राथमिकतामा को को ? 

कोभिड १९ विरुद्धको खोप अभियानअन्तरगत दोस्रो चरणको प्राथमिकतामा सरकारले ५५ वर्षमाथिका ज्येष्ठ नागरिक र ४५ वर्षमाथिका दीर्घरोगीलाई राखेको छ । 

खोप विभाग प्रमुख डा. झलक शर्मा गौतमले ‘कोभिड १९ बाट मृत्यु हुनेमा सबैभन्दा बढी यी दुई वर्गका नागरिक परेकाले अबको चरणमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई खोप दिने प्राथमिकतामा राखिएको’ बताए । 

यसअघि पहिलो चरणको १० लाख डोज खोप अभियानअन्तर्गत आइतबारसम्म २ लाख २४ हजार ५२० जनालाई ५ लाख डोजभन्दा बढी खोप दिइएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC